उत्तर कोरियाले ४ वटा क्षेप्यास्त्र हान्यो


Apr 3, 2015
२० चैत, काठमाडौं ।


उत्तर कोरियाले ४ वटा छोंटो दुरीका क्षेप्यास्त्र दक्षिण कोरियाको समुन्द्री तटमा प्रहार गरेपछि दुई देशबीच तनाव हुने संकेत देखिएको छ । दक्षिण कोरियाली सेनाले देशको पश्चिमी तटीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको पुष्टी गरेको छ ।

क्षेप्यास्त्रको क्षमता १४० किलोमिटर प्रहार गर्ने रहेको समेत दक्षिण कोरियाली सेनाका अधिकारीहरुले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार मध्यान्नमा यस्तो आक्रमण भएको भएपनि यसबाट कुनै पनि मानवीय क्षति नभएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक अध्यासका कारण आक्रोशित बनेको उत्तर कोरियाले डरलाग्दा चेतावनी दिँदै आएको छ ।

0 comments

Write Down Your Responses