जुत्ता सिउनेबाट जुस पिएर डा. केसीले अनसन तोडे
काठमाडौं ।
१२ दिनदेखि आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सरकारसँग १२ बुँदे समझदारी गरेका छन् । १२ बुँदे समझदारीपछि उनले आफ्नो अनसन तोडेका छन् । टिचिङ हस्पिटलको गेटमा बर्षाैदेखि जुत्ता सिउने काम गर्दै आएका सत्यनारायण राम र अस्पतालकै विरामी १० बर्षीय बालक सुवोध अधिकारबाट जुस पिएर आफ्नो अनसन तोडेका छन् । ४ बजेर २ मिनेट जाँदा उनले अनसन तोडेका हुन्
स्वास्थ्य नीति बनेपछि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने, चिकित्साशास्त्र अध्ययनका लागि जथाभावी शुल्क लिन नपाउने, चिकित्सा क्षेत्रमा पदाधिकारी नियुक्त गर्दा योग्यता, क्षमता र बरिष्ठताका आधारमा गर्ने, न्यूनतम मापदण्ड पुरा नगरेका मेडिकल कलेजको पुन मुल्याङकण गर्ने, जस्ता बिषयमा सम्झौता भएको छ । सम्झौतामा सरकारका मुख्य सचिव लिलामणी पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले हस्ताक्षर गरेका छन् ।
.jpg)

0 comments
Write Down Your Responses