अनौठो छाला भएकै कारण मारिन्छन् यी आदिवासी, बेचिन्छन् अंगहरु
अफ्रिका । पूर्वी अफ्रिकाका मानिसहरु एकले अर्कालाई शिकार गर्छन् । मार्छन् र उनीहरुका अंगहरु महँगोमा बेच्छन् । यसरी मारिनेमा एल्बिनो समुदायका सदस्यहरु रहेका छन् ।
एल्बिनोका शरीरका अंगहरु उच्च मुल्यमा बेचिन्छन् । पछिल्लो समय यी समुदायका बालबालिकाहरु मारिएका छन् । संयुक्त राष्ट्र संघका अनुसार १५ बालबालिका यसरी मारिएका छन् । मानिसहरुले एल्बिनोलाई किन मार्छन् त ? एउटा विश्वास यस्तो छ, 'एल्बिनोको शरीरको कुनै अंग राखे भाग्य चम्कन्छ । मानिस धनी हुन्छन् ।'
अहिले यी समुदायका मानिसलाई सरकारले कडा सुरक्षा दिएको छ । एल्बिनो समुदायका जो सुकैलाई आक्रमण गर्नेलाई गोली हान्न आदेश दिएको बताइएको छ । बुरुन्डीमा सेनाले सुरक्षा दिइरहेको छ यो जातिलाई । यता तान्जानियाका प्रधानमन्त्रीले यो समुदायको अंग राख्ने जो सुकैलाई गोली हान्न आदेश दिएको छ । –एजेन्सी
.jpg)

0 comments
Write Down Your Responses