महाविपत्तिबाट जोगिएको ज्यान त्रिपालले लियो
ओखलढुङा ।
अघिल्लो शनिवार गएको विनाशकारी भूकम्पले खिजिफलाटेका मकरबहादुर तामाङको घर भत्कियो ।
भूकम्पमा चार जनाको परिवार सुरक्षित भएपनि सर्वश्व गुम्यो ।
घर भत्केपछि उनको परिवार सडकमा आयो । नाबालक छोराको भो मेटाउन उनी राहत लिन दौडिए ।
सोही बेला आएको पहिरोमा परी उनको ज्यान गएको छ । भोक मेटाउन खोज्दा भूकम्प पीडित तामाङले ज्यान बचाउन सकेनन् ।
श्रीचौरबाट राहत सामाग्री बुझेर फर्कने क्रममा योलुङ खोलाको भिरमा माथिबाट झरेको पहिरोले उनलाई पुरेको हो । उनले राहतस्वरुप पाएको त्रिपाल लिएर उनी घर फर्किदै थिए ।
.jpg)

0 comments
Write Down Your Responses