अमेरिकी ओस्प्रे विमानले दोलखामा भत्काइदियो घरको छानो र पर्खाल
May 6, 2015
२३ बैशाख, दोलखा ।
अमेरिकी लडाकु विमान ओस्प्रे सदरमुकाम चरिकोटमा दुई पटक अवतरण गर्दा घरका छानै उडेका छन् ।
‘भूकम्प आएझै झ्यालढोका हल्लन थाल्यो,पर्खाल ढल्यो, छाना उडाउँदा घर नै हल्लियो,’ जिविसको पुरानो भवनमा बसेका सूचना अधिकृत विक्रम कार्कीले भने,‘आत्तिँदै भाग्न खोजेँ । ज्वालामुखी फुटेजस्तै मुस्लोले कुइरीमण्डल भयो ।’
सदरमुकाम चरिकोटस्थित टुँडिखेलमा दुई पटक ओर्लिएको उक्त विमानले पहिलो दिन सोमबार जिल्ला प्रशासन कार्यालयको सुरक्षा गार्ड पोस्ट नै ढालेको थियो भने जिल्ला प्रशासन कार्यालयका झ्यालका सिसा फुटे ।
दोस्रो दिन अवतरण हुँदा त जिल्ला प्रशासन कर्मचारी भवनको छाना उड्यो । त्यहीबेला सँगैको जिल्ला विकास समितिको पर्खाल नै ढल्यो । जिविसको प्रशासकीय भवनको छाना उड्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
.jpg)

0 comments
Write Down Your Responses