पश्चिम नेपालमा पनि भूकम्पको कडा धक्का

२०७२ जेष्ठ १७ आईतवार


काठमाडौं : देशको पश्चिमी भूभागमा आइतबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार दिउँसो १ बजेर ५४ मिनेटमा लम्जुङलार्इ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का लमजुङ र गोरखासहितका जिल्लामा महसुस भएको थियो ।

शनिबार राति १० बजेर १४ मिनेटमा नुवाकोट केन्द्रबिन्दु भएको परकम्पनले काठमाडौं उपत्याकाहसहितका आसपासका जिल्ला हल्लाएको थियो ।

0 comments

Write Down Your Responses