संसार घुम्न हिँडेको सोलार जहाज विचमै रोकियो
१८ जेठ, एजेन्सी ।
संसार घुम्न निस्कको सौर्य उर्जामा आधारित विमान खराव मौषमका कारण जापानमा ल्याण्ड गरेको छ । प्राशान्त महासागर छ दिनमा पार गरेको यो जहाज चीनबाट उडेपछि समस्यामा परेको हो । मौषमको खरावीका कारण यसको सोलार उर्जा प्रणाली प्रभावित भएपछि जापानमा अवतरण गर्नु परेको विविसीले जनाएको छ ।
यो विमानमा जम्बो जेट जस्तै पंखा छन् भने यसमा १७००० सोलार प्यानल जडान गरिएको छ । यसको गति भने निक्कै कम छ ।
मौषम आगामी दिनमा झनै खराव हुने देखिएपछि यसको विषयमा चिन्ता बढेको छ । मौषममा सहजता नआए सम्म यसलाई पुनः यात्रा शुरु नगर्न सल्लाह दिइएको छ ।
नानजिङ् हवाइ द्वीपको यात्राको सातौं चरणमा पुगेको यो विमानले गत मार्चमा आवुधावीबाट उडान शुरु गरेको थियो ।
.jpg)

0 comments
Write Down Your Responses