.लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो ....



लोग्ने मान्छेको लिंगको आकार सानो, ठूलो वा बांगो भए पनि यौनसुख पाउने मामिलामा फरक हुने होइन । ठूलोले बढी यौन सुख दिने पनि लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो । यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन ।


पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ । पार्टनरलाई चरमोत्कर्षमा पु¥याउन ग्ल्यान्स ( छालाले ढाकेको लिंगको माथिल्लो भाग) नै पर्याप्त हुन्छ । उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन् । लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो । लिंगको साइजलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ । source top khabar

,

0 comments

Write Down Your Responses