कास्कीमा भीषण पहिरो, सातजनाको मृत्यु, थुप्रै घर बगे, पचास सम्पर्कबिहिन



बाढी र पहिरोले उद्धार टोली बीचमै अड्कियो

पोखरा : कास्कीको भदौरै तामागी र लुम्लेमा बुधबार राति भीषण पहिरो गएको छ। पहिरोमा पुरिएका सातजनाको शव फेला परेको छ र दुवै ठाउँमा गरी करिब पचास जति स्थानीय पुरिएको आशंका गरिएको छ। पहिरोले थुप्रै घर बगाएको छ।


कास्कीको भदौरै तामागीमा चारजनाको शव फेला परेको छ भने २५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। बीसजना जति अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। लुम्लेमा तीनजनाको शव भेटिएको छ।

गाबिस सचिव हरी प्र पराजुलीका अनुसार लु्म्लेमा दुई दर्जन जति स्थानीय हराएका छन्। दर्जनभन्दा स्थानीय घाइते भएका छन् । थुप्रै घर पहिरोले बगाएको छ। यहाँ बीस घर बगाएको छ।

नजिकका स्थानीयबाट उद्धारको काम भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइनसकेको प्रहरीले जानकारी दिएको छ।पहिरोका कारण सडक अवरुद्ध भएकोले प्रहरीको उद्धार टोली जान पाएको छैन।

हर्पन खोलामा बाढी आएकोले भदौरै तामागी जान हिडेको टोली बीच बाटोमै रोकिएको छ भने याम्दी र सुइखेतमा आएको पहिरोका कारण लुम्ले जान लागेको उद्धार टोली पनि बीच बाटोमा अड्किएको छ।


,

0 comments

Write Down Your Responses