उमेरसँगै बढ्छ महिलाहरूमा यौन इच्छा ?
महिलाहरूमा यौन स्वास्थ्यलाई लिएर गरिएको एक सर्वेक्षणमा उमेरसँगै महिलाको यौन चाहना पनि बढ्दै जाने तथ्य पत्ता लागेको छ ।
सर्वेक्षणमा महिलाहरूको उमेर बढ्दै जाँदा यौनइच्छा पनि बढ्दै जाने र यौनक्रिडालाई थप रोमाञ्चक बनाउन चाहने पत्ता लागेको छ ।
१८ वर्षदेखी माथिका १ हजार महिलाहरुमा गरिएको सर्वेक्षणमा ५४ प्रतिशत महिलाहरुले उमेर बढ्दै जाँदा यौन चाहना पनि बढ्दै जाने बताएका थिए ।
४५ देखी ५५ वर्षका महिलाहरू सेक्सका लागि उत्सुक रहेको पाइएको थियो । मिलिनियम मेडिकल ग्रुपसँग सम्बद्ध चिककित्सकहरूमा मिशिगनको नर्स न्यान्सी बर्मनले भनिन्, ‘महिलाहरू जति जति पाको बन्दै जान्छन् र आफ्नो पति या साथीसँग उनीहरू नजिक हुन्छन् ।
यस्तो हुँदा उनीहरूलाई सेक्समा पहिले भन्दा धेरै आनन्द आउन थाल्छ साथै सेक्सलाई थप रोमाञ्चक बनाउनका लागि निकै ध्यान दिन्छन् । ‘
सर्वेक्षणमा २८ प्रतिशत महिलाहरूले एक हप्तामा दुईदेखी ७ पटकसम्म सेक्स गर्ने गरेको स्वीकार गरेका थिए ।
लिप्पे टेलरका प्रमुख कार्यकारी अधिकारी मोरिन लिप्पेले सर्वेक्षणका अनुसार उमेर बढ्दै गएका महिलाहरूले आफ्नो साथी या पतिसँग धेरै समय बिताउन पाउँछन्, यस्तोमा आफ्नो सेक्सको इच्छा पूरा गर्न र आफ्नो साथीसँगको सम्बन्धलाई थप मजबुत बनाउनका लागि फाइदाजनक हुने गर्छ । एजेन्सी
.jpg)

0 comments
Write Down Your Responses