गौतम बुद्धको पढाई कति हो? : अध्यक्ष ओली



बुधबार, श्रावण २७,
राष्ट्रिय राजनीतिमा पढेलेखेका मानिसहरू भएनन् भन्ने गुनासो बढिरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्ध साक्षर समेत नभएको तर बुद्धत्व प्राप्त गरेको बताएका छन् । ‘गौतम बुद्ध आफैँ साक्षर थिएनन् तर उनले प्रतिपादन गरेका सिद्धान्तमा थुप्रैले विद्यावारीधी गरिसके’ ओलीले भनेका छन ।


उद्योगमन्त्री महेश बस्नेतको ‘म महेश’पुस्तकको बुधबार राजधानीमा लोकार्पण गर्दैै उनले नेपाल कला र साहित्यको उर्वर भूमि भएको बताए । ‘नेपाल ऋषि मुनिहरूको तपो भूमि हो, साहित्य, संगित र कलाका लागि पनि नेपाल उर्वर भूमि हो’ उनले भने ‘यहाँका पाखा पाखामा गीतका नयाँ भाका गुञ्जन्छन् ।’

उनले सवैले आफूभित्र भएको सिर्जनशीलताको पनि उपयोग गर्नुपर्ने भन्दै त्यसका लागि नेपाल उपयुक्त भूमि समेत भएको बताए । उनले संविधान अबको दुई हप्ता भित्र आउने भन्दै संविधानमा सवैको भावना समेटिने बताए । प्रदेशमा नमिलेका विषय मिलाइने भन्दै प्रदेश घोषणा हुनु अगावै प्रादेशिक राजधानी कहाँ राख्ने भनेर विवाद गर्नु उपयुक्त नभएको तर्क गरे । ‘प्रदेश नै तय भइसकेको छै्रन,’ उनले भने, ‘केन्द्र कहाँ बनाउने भनेर  किन विवाद?’

उनले संविधान जारी गरे रक्तपात हुन्छ भन्नु हाँस्यास्पद भएको भन्दै उक्त विवाद विस्कुन सुकाउनेलाई घाम चाहिएको र खेत रोप्नेलाई पानी नपारी नहुने जस्तो भएको भन्दै कटाक्ष गरे । उनले संविधानमा सवै कुरा मिलिसकेको समेत जिकिर गरे ।

,

0 comments

Write Down Your Responses