पश्चिम नेपालमा ठूलो भूकम्प जाने वैज्ञानिकको चेतावनी

काठमाण्डु, २२ साउन– वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण हजारौँ मानिसहरुको ज्यान गयो र लाखौँ मानिसहरु विस्थापित भए । नेपालीले भर्खरै त्यसको पीडाबाट केही सहज महसुस गर्दैछन् । पीडित अझै राहतको पर्खाइमा छन् । ध्वस्त संरचनाको निर्माण तथा पुननिर्माण हुन सकेको छैन । यस्तो अवस्थामा वैज्ञानिकहरुले नेपालमा अर्को विनाशकारी भूकम्प आउन सक्ने चेतावनी दिएका छन् ।
नेचर जियोसाइन्स तथा साइन्स जर्नलमा छापिएको अनुसन्धान प्रतिवेदनमा पश्चिम नेपाल तथा भारतमा केही समयमै विनाशकारी भूकम्प जाने खतरा रहेको बताइएको छ ।

अनुसन्धान प्रतिवेदन अनुसार गत वैशाखको भूकम्पले जमिन मुनिको सबै उर्जा उत्सर्जन भएको र त्यो उर्जा पश्चिमतर्फ धकेलिएकोले अब पश्चिम नेपाल तथा भारतमा भूकम्प जाने खतरा बढेको हो ।
क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जिन फिलिप एभक कम अनुसार त्यस क्षेत्र भनेको यस्तो हो जहाँ बढी ध्यान दिनु आवश्यक छ । यदि अहिले त्यहाँ भूकम्प गयो भने ठूलो विपत्ति आउनेछ किनकी पश्चिम नेपाल तथा उत्तरी भारतको गंगेटिक प्लेनमा जनघनत्व उच्च रहेको रहेको छ ।
वैशाख १२ को भूकम्पले संचित उर्जा पूरै बाहिर निकाल्न नसकेको र केही भाग मात्र उर्जा निस्किएको ठहर गर्दै वैज्ञानिकहरुको खबको भूकम्प पश्चिम नेपाल केन्द्रबिन्दु भएर जाने बताएका हुन् । फल्ट क्षेत्रमा पूरै उर्जा निस्किएर अझै बढी धाँजा फाटेको भए वैशाख १२ को भूकम्प अझै भयानक हुने भन्दै प्राध्यापक एभोकले त्यसबेला सबै उर्जा बाहिर त्यो स्ट्रेस पश्चिमतर्फ सरेको बताए । अहिले नेपालको पोखरादेखि पश्चिम तथा भारतको दिल्लीदेखि उत्तरसम्मको भागमा यस्तो उर्जा संचित रहेको उनले बताए।
पश्चिम क्षेत्रमा सन् १५०५ यता ठूलो भूकम्प गएको छैन र अब जाने भूकम्प ८.५ म्याग्नेच्युड भन्दा ठूलो हुने अनुमान वैज्ञानिकको छ । एभकले आफूहरुले मानिसहरुलाई तर्साउन नचाहेको भएपनि उनीहरु जोखिमयुक्त तथा धेरै भौगर्भिक उर्जा संचित भएको क्षेत्रमाथि बसिरहेको भन्ने विषयमा सचेत हुनु आवश्यक रहेको बताएका छन्। –बीबीसी

,

0 comments

Write Down Your Responses