काठमाडौं । श्रीमतीलाई किस खाएको फोटो फेसबुकमा सार्वजनिक गर्ने डिआईजीलाई प्रहरी प्रधान कार्यालयले सचेत गराएको छ ।
बर्दी लगाएर श्रीमतीलाई किस खाएको फोटो राख्ने डिआईजी बिजय भट्टलाई सचेत गराइएको हो ।
सामाजिक सञ्जाल प्रयोगसम्बन्धि निर्देशिका विपरीत तस्वीर राखेको भन्दै उनलाई कारबाही स्वरुप सचेत गराइएको हो ।
त्यस्तै भारत भन्दा चीनसँग नेपाल नजिक हुनुपर्छ भनेर पदीय मर्यादाविपरीत फेसबुकमा स्टाटस लेख्ने डिएसपी आभूषण तिमल्सिनालाई भने कारबाहीको प्रक्रिया अघि बढाएको छ। उनलाई स्पष्टिकरण सोधेर प्रधान कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाएको हो ।
भूकम्पको बेला भारतले सहयोग भन्दा धेरै प्रचार गरेको भन्ने विवाद आइरहेका बेला डिएसपी तिमल्सिनाले चीनसँग नजिक हुदा नेपाललाई फाइदा हुने भएकाले चीनसँग निकट सम्बन्ध राख्नुपर्ने बताएका थिए । बेला बेला उट्पट्याङ शैलीका कारण उनी विवादमा पर्ने गरेका छन् ।
किस खाएको फोटो फेसबुकमा राख्दा डिआईजी कारबाहीमा
.jpg)

0 comments
Write Down Your Responses