मेरो त मायालुले काठमाडौंमा ट्याक्सी चलाउने

काठमाडौं, साउन २७ – हरेक वर्ष तीज गीत गाउँदै आएकी रमिला न्यौपानेको २०७२ सालको तीज कोसेली तिर्सना म्युजिकले ‘मेरो त मायाले ट्याक्सी चलाउने’ बोलको तीज गीत बजारमा ल्याएको छ । यसपाली विगतको तुलनामा केही फरक गीत गाएको उनले बताइन् ।

तिर्सना म्युजिकबाट उत्पादन सो गीतमा रमिला न्यौपाने र खुमल अधिकारीको स्वर रहेको छ । लय खुमन अधिकारीको र शब्द बाबुराम बाहोराको रहेको छ । अभिनयमा रेजिना उप्रेती र बाबुराम बोहोराको रहेको छ । यस गीतमा सबै नेपाली दाजुभाई, आमाबुबालगायत सबैको भावनालाई समेटिएको बाबुराम बोहोराले बताए ।

,

0 comments

Write Down Your Responses