बोक्सी आरोपमा ५ महिलाकाे हत्या

भारत, साउन २३ । भारतमा शुक्रबार बोक्सी भन्दै ५ जना महिलाको हत्या गरिएको छ। शुक्रबार राती भारतको झारखण्ड राज्यको राँची नजिकैको गाउमा बोक्सीको आरोप ती महिलालाई गाउँकै एक समूहले हत्या गरेको बताइएको छ ।

अलग–अलग परिवारका महिलाहरुलाई शुक्रबार राती केही व्यक्तिहरुले घरको ढोका खोलेर बाहिर निकाली धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। हत्या अभियोगमा प्रहरीले करिब २४ जना व्यक्तिलाई हिरासतमा लिएको छ। त्यस ठाउमा यसअघि पनि बोक्सी भएको आरोप लगाउँदै महिलाको हत्याका घटना हुँदै आएका थिए। प्रहरीअधिकारीले दिएको तथ्यांकअनुसार झारखण्डमा अहिलेसम्म १२ सय भन्दा बढी महिलालाई बोक्सीको आरोपमा हत्या भैसकेको छ।

,

0 comments

Write Down Your Responses