पन्ध्र बर्षभित्र अर्को पृथ्बी पत्ता लाग्ने
आजको यो युगले धेरै कुराको खोज अनुसन्धान गर्न सजिलो बनाएको छ र त्यस्ता खोज अनुसन्धान भएका पनि छन र दिन दिनै नया तथ्यहरु पनि फेला परेका छन |यसै गरि पछिल्लो समयमा खगोलविदहरुले ८ ओटा नया ग्रहहरु पत्ता लागेको दावी गरेका छन |
अमेरिकी अन्तरिक्ष सस्था नासाका एक खगोलविदको कुरामा विश्वास मान्ने हो भने अबको १५ वर्षभित्रमा पृथ्वीजस्तै एक नयाँ ग्रह पत्ता लाग्नेछ । पृथ्वीमा भएजस्तै समुद्र भएको उक्त ग्रहमा जान भने सजिलो हुनेछैन किनकी त्यस ग्रहमा पुग्नका लागि आइन्स्टाइनको सापेक्षताको नियमलाई तोड्नुपर्नेछ ।अल अबाउट स्पेस नामक म्यागेजिनमा दिएको अन्तरवार्तामा उनले अबको पन्ध्र वर्ष भित्रमा पृथ्वीकै आकारको तथा पर्याप्त पानी सहित समुद्र समेत रहेको नयाँ ग्रह पत्ता लाग्ने अपेक्षा गरेका छन् ।
आइन्स्टाइनको सापेक्षता सिद्धान्तले कुनैपनि वस्तुको गति प्रकाशको गतिभन्दा बढि हुन नसक्ने ठहर गरेको छ । यस अर्थमा कुनै एक तारामण्डलबाट अर्को तारामण्डलमा जान सकिँदैन उक्त ग्रह सौर्यमण्डलभन्दा बाहिर रहने भएकाले अहिलेको अवस्थामा त्यसमा मानिस आफु वा आफुले बनाएको कुनै वस्तु पठाउन सम्भव हुनेछैन ।
0 comments
Write Down Your Responses