सुर्य ग्रहणसंगै तीन दुर्लभ खगोलीय घटना
यो वर्ष चैत ६ गतेको खग्रास सुर्य ग्रहणको समयमा अरु दुइ महत्वपुर्ण खगोलीय घटना पनि एक साथ भए। खग्रास सुर्य ग्रहण आफैमा दुर्लभ मानिन्छ। झन यस्तो दुर्लभ घटना संगै अरु दुइ दुर्लभ घटना पनि एक साथ हुदा यो ग्रहण खगोलशास्त्रीहरुको लागि फलदायी सावित भएको छ। सुर्य ग्रहण औंशीमा हुने गर्छ। यो वर्ष ग्रहण लागेको दिन र रातको समय बराबर भएको थियो। यसरी दिन र रात को समय बराबर वर्षको अरुबेला पनि हुने गर्छ। साथै यो दिनमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक भएको थियो।
सुर्य ग्रहण
पृथ्वीलाइ घुम्दै गर्दा जब पृथ्वी र सुर्यको बीचमा चन्द्रमा पर्छ तब सुर्यको प्रकाश चन्द्रमाले छेक्छ र पृथ्वीमा चन्द्रमाको छायाँ पर्छ अर्थात पृथ्वीबाट सुर्य देखिदैन। यदि सुर्य पुरै चन्द्रमाले छेक्छ भने यसलाइ खग्रास भनिन्छ। सुर्यको केहि भागमात्र छेकिन्छ भने त्यसलाइ खण्डग्रास भनिन्छ।
पृथ्वीको उत्तरी ध्रुवबाट यो शुक्रबार करिब २ मिनेटसम्म खग्रास सुर्य ग्रहण देखिएको थियो। यो बेला चन्द्रमाको छाया करिब १४५ किलोमिटर सम्म लामो थियो। युरोपको उत्तरमा रहेका आयरल्याण्ड, स्कटल्याण्ड, नर्वे, फिनल्याण्ड तथा स्वीडेनबाट ९० प्रतिशत ग्रहण देखिएको थियो।
चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक
चन्द्रमाले पृथ्वीलाइ घुम्ने बाटो थेप्चो छ। अर्थात चन्द्रमा नजिक आउने र टाढा जाने भइरहन्छ। चन्द्रमा पृथ्वीबाट ३५७,००० किलोमिटर देखि ४०६,००० किलोमिटरको दुरीमा रहन्छ। चन्द्रमा नजिक हुँदा, टाढा हुदा भन्दा ३० प्रतिशत बढी चम्किलो देखिन्छ। तर नजिक हुँदा चन्द्रमा ठुलो पनि त देखिन पर्ने! कुनै वस्तु टाढा हुँदा भन्दा नजिक हुँदा ठुलो देखिने भएता पनि चन्द्रमाको कुरामा भने हाम्रो आँखाले छुट्याउन नसकिने हुन्छ। यो वर्ष अझै तीन पटक चन्द्रमा पृथ्वीको नजिक आउने घटना बाँकी नै छ।
ग्रहणको बेला सुर्यमा देखिएको दाग
सुर्य ग्रहण खगोलशास्त्रीहरुको लागि सुर्य लगाएत सुर्य पछाडीका अन्य ताराहरुको अध्ययन गर्नको लागि महत्वपुर्ण सिद्ध हुदै आएको छ। सुर्यबाट आउने प्रकाशको मात्रामा फरक पर्दै जाँदा खगोलशास्त्रीहरुले सुर्यमा विभिन्न कुराको अध्ययन गर्ने मौका पाउँछन।
सुर्यको प्रकाशले गर्दा पृथ्वीबाट सुर्यको सतह अवलोकन गर्न कठिन हुन्छ। ग्रहणको बेला भने अवस्था फरक हुन्छ।
सुर्यमा देखिने दागहरु सुर्यको चुम्बकिय क्षेत्रको कारणले गर्दा हुन्छ। यी दागहरु १६ किलोमिटर देखि १६,००० किलोमिटर सम्मका ठुला हुन सक्छन्। बिना टेलिस्कोप पनि पृथ्वीबाटै देखिन्छ यी दागहरु। यर सामन्य अवस्थामा सुर्यको प्रकाशको कारण यी दागहरु देखिदैनन्, दिउसो आकाशमा तारा नदेखिए झै।
यी दाग भएको क्षेत्र सुर्यको अरु क्षेत्र भन्दा कम तापक्रमको हुन्छ। यी दागहरु उत्पन्न भए पछि केही दिनसम्म रहिरहन्छन्।
0 comments
Write Down Your Responses