यो उमेरमा अत्यधिक बुद्धिमानी हुन्छ मान्छे
कपाल फुल्दैमा मान्छे पाको हुँदैन’ भन्ने त हामीले
सुनेकै छौँ। केही मानिस बुढो भएर पनि परिपक्क हुँदैनन्। त केही किशोरअवस्था मै रहेकाले पनि
परिपक्क कुरा गर्दछन् । मुख्यतया ः हाम्रो उमेरले
हामीले सोच्ने, चाहाने र गर्ने कुरामा फरक हुन्छ।
साथै, मानिसको जीवनशैलीले पनि उसको
सोचाइमा असर पार्दछ । तर पनि केही मानिस
सानैदेखि प्रतिभाशाली हुन्छन् भने केही धेरै उमेर
काटिसक्दा नि कम्जोर हुन्छन् । हालै एक अध्ययनले
औसत मानिसहरु कुन उमेरमा बढी बुद्धिमानी हुन्छन्
भन्ने तथ्य निकालेको छ ।
मस्साचुसेट्स इन्टिच्यूट अफ टेक्नोलोजी(एम्.आइ.टी)
का मनोवैज्ञानिकहरुले गरेको एक अध्ययन अनुशार
मानिस सधैँ बुद्धिमानीनै हुन्छ तर उमेर अनुसार उ
बद्धिमानी हुने क्षेत्रमा फरक पर्दछ । १० देखी ८०
वर्षका झण्डै ५० हजार मानिसमा गरिएको यो
अध्ययनमा मानिसहरुको भावना, चेतना, सोचाइ,
कल्पनाशक्ति, शब्दावली आदिलाई आधार मानेर
मानिसको रचनात्मक क्षमता र उनीहरुको बुद्धि
विश्लेषण गरिएको थियो । छिटो निर्णय लिन सक्ने
र अरुको भावनालाई हेरेरै पहिचान गर्ने मध्ये १९ देखी
२० वर्षका मानिसहरु थिए भने २० देखी ३० वर्षका
मानिसमा कार्य क्षमता बढी पाइएको थियो ।
३० कटेपछि भने मानिसहरुको अकाग्रता हराउने र
विर्सने जस्ता लक्षण देखा परेता पनि उनीहरुको
शब्दावली र सही निर्णय गर्ने क्षमता बढी पाइएको
थियो । अध्ययन अनुसार १९ देखी ३० को उमेरमा
मानिस बढी रचनात्मक र सृजनात्मक भएको पाइएता
पनि बढ्दो उमेरसँगै मानिसको बुद्धि पनि विभिन्न
क्षेत्रमा कृयाशिल रहेको पाइएको छ ।
0 comments
Write Down Your Responses