सबैले जित्ने सूत्र




१७ माघ, काठमाडौ ।

सभाध्यक्ष नेम्वाङ अहिले पनि दलहरूले जितहारको विषय नबनाई आफूले माघ ११ गते पेस गरेको प्रस्तावमा आए समाधान सम्भव रहेको तर्क गर्छन् । पार्टी विशेषले प्रस्ताव पेस गर्दा नेतृत्वमा हारजितको मनोविज्ञान हावी हुन सक्ने सम्भावना पहिल्याउँदै सभाको साझा प्रस्तावका रूपमा नमिलेका विषय सुल्झाउन प्रश्नावली समिति घोषणा गरी जिम्मेवारी सुम्पेको उनको भनाइ छ । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले भने उक्त प्रस्ताव फिर्ता लिएर वार्ताको आहवान नहुन्जेल सहमति हुन नसक्ने तर्क गर्दै आएका छन् ।

अहिले पनि सभाप्रति आफूहरूको विश्वास नटुटेको तर सम्झौता लत्याएर एकलौटी अघि बढ्ने सत्तारूढको हठले सडकमा आउनुपरेको बताउँछन्, फोरम नेपालका अध्यक्ष यादव । 'द्वन्द्वबाट कसैलाई फाइदा छैन, सबैले क्रेडिट पाउने गरी सहमति खोजिनुपर्छ,' यादव भन्छन्, 'सभाध्यक्ष नेम्वाङले प्रश्नावली समिति गठनको निर्णय फिर्ता लिएर संवादको बाटो खोल्नुभयो भने समाधान सम्भव छ ।'




एमाले उपमहासचिव भुसाल भने मेलमिलाप, सहमतिजस्ता शब्दहरू विपक्षी नेता दाहालकै कारण बदनाम हुन पुगेको टिप्पणी गर्छन् । 'प्रचण्डको कुनै परीक्षा हुन बाँकी छैन । उनको हैसियत नेपालको राजनीतिमा धेरै गणना गर्न अब लायक रहेन,' उनी टिप्पणी गर्छन्, 'उनले प्रजातान्त्रिक प्रक्रियालाई अवरोध गर्न सक्दैनन् । तर उनका पछाडि को-को छन् भन्ने कुरा महत्त्वपूर्ण हो ।'

एमाओवादी र विपक्षीले साख गुमाइसकेकाले जारी अवरोधलाई कांग्रेस र एमालेले जिम्मेवार भएर उत्पीडितहरूको मुद्दा सम्बोधन गर्न सक्नुपर्ने भुसालको भनाइ छ । 'सत्तारूढले अहंकारी होइन, जिम्मेवार हुने बेला हो यो,' उनी भन्छन्, 'भेदभाव, उत्पीडनको अन्त्य गर्ने चुनौती हामीसँग बाँकी नै रहनेछ ।' आजको कान्तिपुरमा खबर छ ।

पूर्वसभामुख ढुंगाना संविधानसभा एजेन्डाभन्दा बढी प्रक्रियाहरूमा अल्मलिइरहेकाले समझदारी जुट्न गाह्रो भइरहेको आकलन गर्छन् । सत्तारूढ र विपक्षबीच एजेन्डाको समझदारी खोज्ने प्रयत्न नहुँदा गतिरोध देखिएको उनको बुझाइ छ । 'एजेन्डामा समझदारी नखोजी दूरी बढाउनाले शान्ति प्रक्रियालाई असफलतामा लैजानेछ,' उनी भन्छन्, 'आज प्रक्रियामा जाऊ भन्ने दलहरू माओवादी हिजोको विद्रोही पार्टी हो, उसका एजेन्डा सम्बोधन गरिनुपर्छ भनी स्वीकार्न तयार छैनन् ।'

माओवादी र विपक्षीहरूलाई संसदीय प्रक्रियाबाट व्यवहार गर्न खोजिए दिगो शान्ति स्थापनामा चुनौती देखापर्ने उनले औंल्याए । 'जनादेशलाई बुझ्ने सवालमा दलहरूबीच देखा परेको मतभेद नै अवरोधको मुख्य कारक हो,' ढुंगाना भन्छन्, 'त्यसलाई बेवास्ता गरे कांग्रेस र एमाले द्वन्द्व बल्झाउने कारक हुनेछन् ।'

,

0 comments

Write Down Your Responses