प्रेममा धोका दिने राजनीतिमा सफल हुनेः अध्ययन
काठमाडौं, माघ – प्रेमसम्बन्धमा धोका दिने मानिसहरु अन्य कामभन्दा राजनीतिमा सफल हुने एक अध्ययनले दाबी गरेको छ ।
मनोवैज्ञानिक लुसी रेडफोर्डका अनुसार धोका दिनेहरुलाई आफू कहिले पनि पक्राउ पर्छु भन्ने लाग्दैन । ‘आफूहरु पक्राउ परे पनि त्यस अवस्थाबाट सजिलै निस्कन सक्ने ठान्छन्,’ लुसी भन्छिन् । ‘यही कुरामा राजनीतिज्ञहरु माहिर हुन्छन्,’ डेली स्टारले लेखेको छ ।
उक्त अध्ययनका अनुसार यसरी धोका दिने १ हजार मध्ये २ सय ३५ जना राजनीति क्षेत्रमा काम गरिरहेका पाइएको थियो । यसमा सरकारी विभागका अधिकारी, संसद्का अधिकारी, राजनीतिज्ञ आदि रहेका छन् । अन्य काममा भने एक हजारमध्ये औसतमा १ सय १० मात्र धोका दिने मानिसहरु पाइएको थियो ।
विवाह गरेका मानिसहरुका लागि परपुरुष र स्त्रीसँग डेटिङ गर्न शुरु गरिएको डेटिङ साइट इलिसिट इन्काउन्टरका क्लेरी पेजका अनुसार उनको यस वेभसाइटका प्रयोगकर्ताहरु मध्ये धेरै उच्च राजनीतिज्ञहरु रहेका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिनटन र उनी पत्नी हिलारी क्लिनटनको उदाहरण दिनै पेजले राजनीतिमा लाग्नेको धेरैको वैवाहिक जीवन केवल व्यवसायीक डिलमात्र हुने बताइन् । यसैकारणले पनि उनीहरु विवाहपछि पनि अरुहरुसँग सम्बन्ध राख्छन् ।
क्लिन्टनले वाइट हाउसकी इन्टर्न मोनिका लेवेन्सीसँग सम्बन्ध राखेका थिए भने पूर्व उप प्धानमन्त्री जोन प्रेसकटले आफ्ना सेक्रेटरी र लेबर पार्टीका संसद डेभिड ब्लंकेटले प्रकाशक किम्बरली क्विनसँग अफेयर बनाएका
0 comments
Write Down Your Responses