होस् गर्नुहोस्, एक ‘किस’ ले तपाईलाई ठूलो हानी हुनसक्छ



एजेन्सी । ‘किस’ प्रेम र सुमधुर सम्बन्धको प्रतिक मानिन्छ तर अब एक किस गर्नुअघि हजार पटक सोच्नुहोस् । एक शोधका अनुसार एक किसमा ८० लाख ब्याक्टेरियाहरुको संक्रमण सर्न सक्छ ।
नेदरल्याण्डमा भएको एक अनुसन्धानमा वैज्ञानिकहरुले हरेक १० सेकेण्डको किसमा एक व्यक्तिबाट अर्को ८० मिलयन अर्थात ८ करोड ब्याक्टेरिया एक अर्कामा सर्ने पत्ता लगाएका हुन् ।

रिसर्चमा २१ जोडीसँग प्रश्नोत्तर गर्दै उनीहरुको किसमाथि अध्ययन गरिएको थियो । अध्ययनका अनुसार मानव शरीरमा लगभग १०० ट्रिलियन माइक्रोआर्गेनिज्म रहन्छन् । जसको मुख्य काम हाम्रो खानाको पाचन, शरीरका लागि आवश्यक पोषण प्रदान गर्छ ।
हाम्रो मुखमा ७०० विभिन्न प्रकारका ब्याक्टेरिया हुन्छन् जसले पाचनयन्त्रमा सहयोग गर्छन । श्रीमान् श्रीमती र लिभ इन टुगेदरमा बसेकाहरुमा समान खानको ब्याक्टेरिया पाइएपनि अन्यमा यसको प्रकार फरक हुन्छ । जसले हानी गर्नसक्छ ।

0 comments

Write Down Your Responses