जनताको लागी बन्द भन्ने अनी जनतालाई नै दुख दिने ? (फोटो फिचर)

तेजबन विश्वासी
सुनसरी, पुस २७– नेकपा माओवादीले आह्वान गरेको बन्द खुलेको २४ घण्टा बित्न नपाउँदै अर्को पार्टीले आयोजना गरेको बन्दका कारण पूर्वको जनजिवन अस्त व्यस्त बनेको छ । नजिकिदै गएको माघ ८ लाई लक्ष्ीत गरी बिभिन्न समुह तथा राजनीतिक पार्टीहरुले बन्दका कार्यक्रमलाई बिशेष ग्राहयता दिदा जनजिवन कष्टकर बन्दै गएको छ ।

बिभिन्न पार्टी तथा समुहका नेताहरुले जनताको हक अधिकार सुनिश्चिताको लागि बन्दका कार्यक्रमहरु गर्नु परिरहेको सार्वजनिक रुपमा भाषण गर्ने गरेका छन् तर सोही बन्दका कारण कती नेपाली जनताको हरीबिजोक हुन्छ त्यसको कुनै लेखा–जोखा छैन ।
आउँदो माघ ८ मा जारी हुने संविधानमा संघियतासहितको लिम्बुवान राज्य सुनिश्चितको माग गर्दे आइतवार र सोमवार संघिय लिम्बुवान पार्टी नेपालले गरेको पूर्वाञ्चल बन्द अन्र्तगत आइतवार पहिलो दिन जनजिवन अस्तब्यस्त बनेको छ ।


आइतवार बिहानदेखि पूर्वको जिल्लाहरुमा हातमा लिम्बुवान पार्टीको झण्डा बोकेर उभिएका बन्द सर्मथकहरुले मोटरसाइकल, एम्बुलेन्स र सरकारी सवारीसाधन बाहेक अन्य कुनैलाई पनि सडकमा गुडन दिएका छैनन् ।
लिम्बुवान कार्यकर्ताहरुले विद्यालयको सवारी साधनहरु समेत सडकमा गुड्न दिएका छैनन् । परिक्षा चलेको बेला बन्दकर्ताहरुले विद्यालयको गाडीमा परिक्षाको नोटिस टाँस्न लगाएर मात्र सडकमा गुडाउन दिएका छन् ।
बन्दका कारण पूर्वका उद्योग कलकारखाना, व्यापार व्यवसाय सबै ठप्प बनेको छ ।




अरुण पूर्वको नौ जिल्ला लाई आगामी माघ ८ गते जारी हुने संबिधानमार्फत लिम्बुवान राज्य घोषणा हुनुपर्ने पार्टीको माग रहेको र सो माग पुरा नभए मुलुक नै ठप्प पार्ने संघिय लिम्बुवान पार्टी नेपालका सुनसरी अध्यक्ष अमर इजम लिम्बुले बताए ।
दुई सवारी साधन तोडफोड
यसै बिच लिम्बुवान कार्यकर्ताहरुले आइतवार बिहान साढे ५ बजे काठमाडौंबाट यात्रु बोकेर झापाको काकडभित्ता जाँदै गरेको दुई रात्रीकालीन सवारी साधनहरुमा तोडफोड गरेका छन्
यात्रु लिएर इटहरी आइपुगेका दुवै सवारीसाधनलाई बन्दकर्ताहरुले रोक्न अनुरोध गर्दा झनै तिव्र गतिमा कुदाएपछि पछाडीबाट ढुङ्गा हानेर सिसा फोडेका हुन ।

0 comments

Write Down Your Responses