धनिया र यसको हरियो पातको सेवन स्वास्थ्यका लागी निकै लाभकारी

काठमाडौं, हामीले बिशेषगरी मसला, अचार तथा तरकारीहरूमा प्रयोग गर्ने धनिया तथा यसको हरियो पातको सेवन स्वास्थयका लागी निकै लाभकारी हुने गर्दछ । चिसो मौसममा धनियाको हरियो पातको मानिसहरू भोजनमा बिभिन्न प्रकारले प्रयोग गर्ने गर्दछन । साथै यसको प्रयोग घरेलू उपचारका लागी समेत गर्ने गरिन्छ ।

धनियाको सेवनले निकै फाइथाहरू रहेका छन । धनियाको सेवनले अपच तथा कोलाइटिसबाट मानिसहरूलाइ राहत हुने गर्दछ । टाइफाइड भएको स्थितिमा हरियो धनियाको पातको सेवनले निकै लाभ पुर्याउँदछ । धनियाको सुकेको गेडालाइ पानिमा उमाल्ने र त्यसलाइ छानेर चिसो बनाउने । यस पानीलाइ पिउनाले मानिसहरूको कोलेस्ट्रोल लेभल कम हुन्छ ।


एक चम्चा धनियाको जूसमा थोरै बेसारलाइ मिलाएर लगाउनाले पोतो ठिक हुन्छ । हरियो धनिया, हरियो खोर्सानी, नरिवल र अदुवाको चटनी बनाएर खानले अपचका कारणले दुखेको पेटलाइ राहत पुर्याउँदछ ।

धेरै मासिक धर्म भएमा ६ ग्राम धनियाको बिउलाइ आधा लीटर पानीमा उमाल्ने । पानि आधा भएपछि त्यसमा केही चिनी मिलाएर मनतातो अबस्थामा पिउने गर्नाले लाभ हुन्छ । आधा गिलास पानीमा दुइ चम्चा धनिया हालेर पिउनाले पेटको दुखाइ कम हुन्छ । स्‍वास्‍थ्‍य विशेषज्ञहरूका अनुसार चिसो मौसममा धनियाको पातको सेवन खानपानमा गर्नु पर्दछ ।

यति गुणकारी धनिया र यसको पातको प्रयोगले मानिसहरूको स्वास्थ्यलाइ निकै लाभ पुग्ने कुरा विशेषज्ञहरूले बताएका छन ।

0 comments

Write Down Your Responses