ईपीएस पास भएका सबैलाई छिट्टै कोरिया पठाइने
नेपालसन्देश डेस्क, काठमाडौं । रोजगार अनुमति प्रणली (इपीएस) परिक्षा उत्तिर्ण गरेर कोरीया जान नपाएका सवै नेपाली युवालाई चाँडै कारिया पठाइने भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले यो वर्ष भित्रै सरिक्षा उत्तिर्ण गरेर कोरिया जान नपाएका युवालाई कोरिया पठाउने व्यवस्था गर्न लागेको हो । सन् २०१५को डिसेम्बर सम्ममा भाषा पास गरेर कोरिया जान नपाएका करिब छ हजार पाँचसय युवालाई कोरिया पठाउने तयारी भएको हो ।
मन्त्रालयले उनीहरुलाई कोरिया पठाउने तालीका सार्वजनिक गर्दै कोरिया सरकारले इपीएस मार्फत् कारिया भित्राउने कामदारको प्राथमिकता सुचिमा नेपाल तेस्रो स्थानमा रहेको जनाएको छ ।
कम्बोडीया र इन्डोनेसिया पछि कोरिया सरकारको प्राथमिकतामा नेपाली कामदार रहेको मन्त्रालयले जनाएको छ ।
कम्बोडीयाबाट नौ हजार, इन्डोनेसियाबाट छ हजार सातसय र नेपालबाट छ हजार पाँचसय कामदार यस वर्ष कोरिया जान पाउने छन् ।
भाषा पास गरेर पनि कोरिया जान नपाएका युवाहरु वैकल्पीक अवसरको खोजीमा लागेका छन् । लामो समयदेखि कोरियाको भिषको प्रतिक्षामा रहेका युवा भिष नआएर हैरान भएका थिए । तर, पास भएकाहरु यहि वर्ष भित्र जान पाउने भएपछि उनीहरु उत्साहीत बनेका छन् ।
0 comments
Write Down Your Responses