प्रेमिकाले छाडिन् बालोटेलीलाई




 फ्यानी नुगुसाले अप्रत्यासित रुपमा प्रेमी मारियो बालोटेलीलाई छाडेकी छन् । सामान्य झगडाका कारण यी चर्चित जोडी अलग्गिएको हो । बालोटेलीले प्रेमिका नुगुसालाई एक पत्रिकाको कभर पेजमा फोटो सुटको अनुमति नदिएपछि सम्बन्धमै दरार आएको हो । नुगुसा बेल्जियमकै चर्चित मोडल हुन् ।

फेसन सोमा -याप गर्नु तथा पत्रिकाका लागि फोटो सुट गर्नु नुगुसाको पेसा हो । बेल्जियममा आयोजित हरेक फेसन सोमा नुगुसाको उपस्थिती अनिवार्य मानिन्छ । नगुसा त्यस्ता फेसन सोमा सहभागी हुँदा आयोजक सधै फाइदामै हुन्छन् । यसै कारण नुगुसालाई हाइप्रोफाइन मोडलका रुपमा लिइन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


गत साता नुगुसालाई बेल्जियमको एक चर्चित पत्रिकाले सेक्सी पोजमा फोटो सुटका लागि प्रस्ताव गरेको थियो । नुगुसालाई फोटो सुटका लागि २० हजार युरो दिने सहमति पनि भएको थियो । एक दिनमै हजारौं युरो पाउने भएपछि नुगुसा निकै हर्षीत थिइन् । उनले सम्झौता गरेसँगै प्रेमी बालोटेलीलाई सबै कुरा सुनाइन् । तर,बालोटेलीले आपत्तिजनक फोटो सुट गर्न नपाउने चेतावनी दिए । यसकै कारण उनीहरुको सम्बन्ध बिग्रिन पुगेको बताइन्छ । एजेन्सी


,

0 comments

Write Down Your Responses