एक किसले खुस्कियो दुई अधिकारीको जागिर



एजेन्सी । दुई जना बर्दीधारी अधिकारीहरुले आपसी किस गर्दा जागिर गुमाउनुपरेको छ । यी दुई प्रहरी अधिकारीले कार्यस्थलमा गरेको यस कार्यले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
उनीहरुको यो कदम कानुनी रुपले सही भएपनि यसको औचित्यमाथि प्र्रश्न उठाइएको हो । तान्जानियाको कगेरा शहरमा प्रहरीको बर्दीमै सहकर्मीबीच चुम्बन गरिरहेको तस्वीर सार्वजनिक भएपछि जागिर गएको हो ।
उनीहरुको जागिर खुस्किएको विषयलाई लिएर अहिले फरक फरक धाराणा सार्वजनिक भइरहेका छन् । तान्जानियाको कानुनअनुसार कार्यस्थलमा बर्दीमा यस्तो कार्य गर्नु गलत हो ।


0 comments

Write Down Your Responses