मोदीबारे यस्तो खुलासा

एजेन्सी ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धाराप्रभाव भाषणकालागि विश्वमै चर्चामा छन् । उनको भाषण शैलीकै कारण पहिलो पटक उनी नेपाल आउँदा संविधानसभा देखि सडक सम्म उनको हाइ हाइ भएको थियो ।

मोदीले नेपाली र अंग्रेजी दुवैमा उत्तिकै धाराप्रभाव भाषण गर्छन् । उनको भाषणबारे अहिले सम्म भैरहेको चर्चा अव भने हराउने खतरा देखिएको छ ।

भारतीय सञ्चार माध्यम दैनिक भाष्करले मोदीको भाषणबारे सनसनीपूर्ण खुलासा गरेको छ । मोदीले भाषण हेरेर गर्ने गरेको खुलासा उक्त सञ्चार माध्यमले गरेको हो ।



गत आइतबार आफू पहिले मुख्यमन्त्री रहेको गुजरातको राजधानी गान्धी नगरमा आयोजित ‘गुजरात भाइब्रेन्ट समिट २०१५’ मा मोदीले गरेको भाषणका तस्विरबाट यस्तो खुलासा भएको हो ।


मोदीले भाषण गर्दा एक अत्याधुनिक प्रविधी प्रयोग गर्ने गरेको र उक्त प्रविधीको सहयोगमा मोदीले हेरेर भाषण गर्ने गरेको उक्त सञ्चार माध्यमको दावी छ ।

मोदीले भाषणलाई आकर्षक र प्रभावशाली बनाउनका लागि अत्याधुनिक प्रविधी प्रयोग गर्ने गरेको र सबैजसो भाषणमा यसको प्रयोग हुने गरेको सञ्चार माध्यमको दावी छ ।


मोदीले आइतबार गुजरात भाइब्रेन्ट समिटमा पनि आकर्षकण भाषण दिए । उनले गुजरातबासीलाई आर्थिक समृद्धीको कथा नै सुनाए । तर उक्त भाषण उनले एक अत्याधुनिक प्रविधिको स्क्रिनमा हेरेर पढेको दैनिक भाष्करको दावी छ । उनको उक्त भाषण ११ पेज लामो रहेको भन्दै उक्त सञ्चार माध्यमले तस्विर समेत प्रकाशित गरेको छ ।


मोदीले प्रयोग गरेको उक्त स्क्रिनमा भाषण हेर्ने प्रविधीलाई ‘स्पीच टेलिप्राम्प्टर’ भनिएको छ । यस्तो प्रविधी अमेरिकी राष्ट्रपति बराक ओबामाले समेत राष्ट्रको नाममा गर्ने संवोधनका क्रममा गर्ने गरेका छन् ।



यो प्रविधीको विशेषता भनेको दर्शकले नदेखेपनि प्रयोगकर्ताले भने उपयोग गर्न सक्छन् । यो खुलासासँगै मोदीको भाषण चर्चा अव भने सेलाउने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses