रेखालाई भुल्न सकेनन् छवि ओझाले
काठमाडौं – निर्माता छविराज ओझाले पूर्वपत्नी एवं अभिनेत्री रेखा थापालाई अझै माया गर्छन् । थापा र ओझाको दाम्पत्य सम्बन्ध विच्छेद भएको तीन वर्ष भइसक्दा पनि उनले रेखा थापालाई अझै भुल्न सकेका छैनन्,अझै माया गर्दै आइरहेका छन् । चलचित्र अलविदाको प्रेस प्रदर्शनी सकेपछि आइतबार उनी रेखा थापा अभिनीत चलचित्र ‘तथास्तु’ हेर्न हतारिँदै थिए ।
रेखा थापाकै फिल्म हेर्न जान यसरी हतारिनुको कारणबारे उनले भने,‘रेखा मेरो बच्चा हो,मैले नै रेखाजीलाई यो क्षेत्रमा ल्याएकाले उनको फिल्म कस्तो बनेको छ भनेर त हेर्नै पर्यो नि हैन र ?’ रेखाको प्रगतिप्रति आफू खुसी हुने गरेको बताउँदै उनले भन,‘सबैलाई आफ्नो सन्तानले प्रगति गर्दा खुसी लाग्छ । चलचित्र वृत्तमा रेखा मेरो बच्चा भएकाले उनले प्रगति गर्दा खुसी लाग्नु स्वभाविकै हो नि ।’ आजको राजधानी दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses