आवश्यक परे बम, बारुद, गोली जम्मा गरेर ५० वर्ष यूद्ध लडन तयार छौः सापकोटा
२९ पुस काठमाडौ ।
एकीकृत नेकपा माओवादीका नेता अग्नीप्रसाद सापकोटाले आफूहरु बम बारुद र गोलाबारी जम्मा गरेर अझै ५० वर्ष यूद्ध गर्न तयार रहेको चेतावनी दिदै कांग्रेस र एमालेको महेन्द्र पथमा जाने प्रस्तावको अघि आत्मासमर्पण नगर्ने बताएका छन ।
उनले रिपोर्टस क्ल्बको एक कार्यक्रममा कांग्रेस र एमालेको नौ बुँदे प्रस्ताव अधिकारविहीन जनताको लागि नभई अभिजात बर्गको हितकोलागि भएको भन्दै त्यसका विरुद्ध संविधानसभाभित्रै मर्न समेत तयार रहेको बताए ।
सापकोटाले भने–मेरो शरिरमा अझैसम्म पनि तीन गोली छ । अझै खान पनि तयार छु । अब संविधानसभा भित्र र बाहिर दुबैतिर वार–पारको लडाई लड्छौ । झुक्दैनौ, आत्मसमर्पण गर्दैनौ । सरकारी दमन बढेको हामी बलिदान दिन तयार छौ । तर पहिचान विरोधी संविधान मान्दैनौ । उनले दमन गरेर मार्न खोजेका मानिस भन्दा पनि जनताको मुक्तिको लागि मर्ने मानिस धेरै भएको समेत दाबी गरे ।
उनले अहिलेको द्धन्द राजनीतिक नभई बर्गिय भएको भन्दै अब देशले अर्को कोर्स लिने र त्यसको लागि हतियार जम्मा गर्न तयार भएको स्पष्ट पारे । उनले भने–अहिलेको द्धन्द्ध प्रचण्ड–ओलीको र ओली–प्रचण्डको नभई जनतालाई अधिकारदिने कि नदिने भन्नेवारे हो, यो पूर्णतया वर्गिय द्धन्द्ध हो ।
0 comments
Write Down Your Responses