यी विरुवाले तपाइँलाई अशुभ मात्र गर्छन्




घरमा सजाउनका लागि भित्तामा मनी प्लाष्ट वा लहरे फुल जस्ता कुनै विरुवा राख्नु भएको छ भने तपाइँ गल्ति गर्दै हुनुहन्छ । वास्तु विज्ञानका अनुसार यस्तो गर्दा तपाइँका शत्रु मात्र बढ्छन् ।



वास्तु विज्ञानका अनुसार घरको भित्तामा लहरा भएका बोट विरुवा लगाहुनु अशुभ मानिन्छ । यस्तो गर्दा तपाइँका शत्रु बलबान हुन्छन र तपाइँलाई नोकसान पुर्‍याउन सक्छन् ।

घरको ढोकामा लहरा भएका विरुवा लगाउनु पनि वास्तुशास्त्र अनुसार अशुभ मानिन्छ ।

मत्स्य पुराणमा वास्तु विज्ञानको प्रभाव उल्लेख छ । जसका अनुसार लहरा भएका बोट विरुवाबाट शुक्र ग्रहमा प्रभाव पर्छ र यसले घरको दक्षिण भाग वा खाली भागमा मात्र यस्ता विरुवा लगाउनु पर्छ ।

कुनै रुखको साहारामा माथि जाने यस्ता विरुवा लगाउँदा सँधै ध्यान दिनु पर्छ ।

0 comments

Write Down Your Responses