जति खाए पनि नअघाउने बालक, तीन वर्षमै तौल ४० केजी !
January 30, 2015
हाम्रो पेट भरिएको कुरा शरिरलाई कसरी थाहा हुन्छ ? किन हामी एउटा हद पछि खाना खान सक्दैनौँ ? लेप्टिन नामको हर्मोनले यो सबै प्रक्रियालाई नियन्त्रण गरिरहेको हुन्छ । लेप्टिन नामको हर्मोनले हाम्रो दिमागलाई सन्देश पठाउने गर्दछ । जति–जति हामी खाना खान्छौँ शरिरमा लेप्टिनको मात्रा बढ्ने गर्दछ र दिमागको रिसेप्टरसँग जोडिएर यो हर्मोनले सन्देश दिने गर्दछ कि अब पेट भरियो । यसकारण नै हामी हाम्रो तैलमाथि नियन्त्रण पाउन सक्छौँ । यदि यस्तो नहुने हो भने हामीले खाना निरन्तर रुपमा खाने गर्दछौँ ।
लेप्टिनको कमी र त्यसको असरको बारेमा रगत जाँच गरिसकेपछि पत्ता लगाउन सकिने बताइएको छ । रिसर्च टिमले बच्चाको रगतको जाँच गरेका थिए । तर सबैभन्दा अचम्मको कुरा त के छ भने बालकको रगतको रिपोर्टमा लेप्टिनको मात्रा सामान्य देखियो । पोसोव्स्की भन्छिन्, ‘हाम्रो लागि अर्को कदम थियो लेप्टिनको जीनलाई जाँच्नु । यस प्रकारले जीनमा केहि खराबी भए नभएको पत्ता लगाउन सकिने उनीहरुले निष्कर्ष निकाले ।’ नतिजामा पत्ता लाग्यो कि शरिरमा लेप्टिन हर्मोन त छ तर त्यो सक्रिय हुन पाइरहेको थिएन ।
यस प्रकारले उल्मको टीमले एउटा नयाँ रोगको बारेमा पत्ता लगायो । पोसोव्स्की भन्छिन्, ‘हाम्रो यो नयाँ खोजले बच्चाको उपचारको नयाँ तरिका विकसित भएको छ ।’ जसरी मधुमेहको बिरामीलाई इन्सुलिनको सूई दिइन्छ, त्यसरी नै ती बालकलाई पनि हर्मोनको इन्जेक्सन दिइयो । कृत्रिम रुपमा बनाइएको यो हर्मोनले लेप्टिनको काम गर्यो र बच्चाको दिमागलाई पेट भरिएको संकेत पुग्न थाल्यो । यो उपचारपछि बच्चाको तौलमा पनि कमी आइरहेको पासोवस्कीले बताएकी छिन् ।
.jpg)

0 comments
Write Down Your Responses