दलबलसहित कांग्रेस प्रवेश गर्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा !
काठमाडौं,पुस २८ – बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा दलबलसहित नेपाली कांग्रेस प्रवेश गर्ने चर्चाले राप्रपाभित्र हल्लीखल्ली मच्चिएको छ । आपूर्तिमन्त्रीसमेत रहेका छोरा सुनिलका साथ पूर्वप्रधानमन्त्री थापा गत साता सुटुक्क प्रधानमन्त्री निवास बालुवाटार छिरी करिब पौने घन्टापछि निस्किएका थिए । उनले प्रधानमन्त्री सुशील कोइरालासँग के– के कुरा गरे त्यसको पुष्टि अझै हुन सकेको छैन । ,तर राप्रपाभित्र भने ठूलै तहल्का मच्चिएको छ ।
समाचार स्रोतका अनुसार पार्टीभित्र एक्लो र कमजोर हुन थालेपछि पूर्वप्रधानमन्त्री थापाले कांग्रेसमै फर्कने मनस्थिती बनाएका छन् । नेपाली कांग्रेसनजिक मानिने साप्ताहिक पत्रिका तरुणले अगाडि लेखेको छ – ६० वर्षअघि नेपाली कांग्रेसबाटै राजनीति सुरु गरेको भए पनि उनी पञ्चायती व्यवस्थाका पहिलो प्रधानमन्त्री हुन् ।
धनकुटा जिल्लामा आफ्नो पार्टी संगठन अत्यन्त कमजोर रहेका कारण सुनिललाई पार्टीमा प्रवेश गराएर उपयुक्त भूमिका दिने विषयमा नेपाली कांग्रेसभित्र खासै विवाद हुने अवस्था छैन । तर,धनकुटाको कुनै एउटा क्षेत्रबाट उम्मेदवार बनेर सभासद् जित्नका लागि मात्रै नेपाली कांग्रेस प्रवेश गर्ने मनस्थितीमा मन्त्री थापा नरहेको स्रोतले जनाएको छ । आफ्ना ससुरा हिमालयशमशेर राणालगायत करिब एक दर्जनलाई नेपाली कांग्रेसभित्र उपयुक्त भूमिका दिइन्छ या दिइन्न ?त्यसको जोखाना मन्त्री थापाले गरिरहेका छन् ।
यता राप्रपाले भने मन्त्री थापालाई फिर्ता बोलाउने तयारी गरिसकेको छ । उनीमाथि भ्रष्टाचारमा लिप्त भएको ,नातागोताबाहेक अन्यत्र ध्यान नदिएको आरोप पार्टीभित्र लाग्न थालेको छ ।
0 comments
Write Down Your Responses