तदनुसार ई. सं. २०१५ जनवरी १०
तारिख, माघ कृष्ण पञ्चमी,
पूर्वाफाल्गुनी नक्षत्र, सिंह
राशिको चन्द्रमा, सौभाग्य
योग, गर करण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शैक्षिक, प्राज्ञिक र बौद्धिक
क्षेत्रका लागि समय निकाल्न
सकेमा प्रगति हुनसक्छ । तर व्यवहारिक समस्याले
अवरोध हुने सम्भावना छ । मानप्रतिष्ठा र
सामाजिक मर्यादामा हानि पुग्नेछ । गुरुजन,
अभिभावक र साथीभाइले
दिएको सल्लाहालाई नमान्नाले तपाईंलाई
दीर्घकालिक असर पर्नसक्छ ।
सन्ततिको चिन्ताले सताउन सक्छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ
कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
झैझगडाबाट टाढा बस्ने दिन हो ।
खासगरी हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिसँग मनमुटाव हुनसक्छ ।
प्रेमसम्बन्धमा विश्वासको वातावरण
नभएको महसुस हुनेछ । शरीरमा आलस्यपना देखिने
छ, चोटपटक पनि लाग्न सक्छ ।
आजको कमजोरीले पछिसम्म असर पुर्याउन सक्छ
। आजका लागि शुभअङ्क १ र शुभरङ्ग
कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय
नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भोजभतेर र खानपिनका कार्यमा नहौसिनु
राम्रो हुन्छ, पाचनप्रक्रियामा विकार आउन
सक्छ । झिनामसिना र
सानातिना कुरामा रुमल्लिएर नै आजको दिन
व्यतीत हुनसक्छ । मनमा दोधार भइरहने छ ।
पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन ।
छोराछोरी, भाइबहिनी र बन्धुबान्धवले नै शत्रु
झैं व्यवहार गर्नेछन् । आजका लागि शुभअङ्क ९ र
शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे
नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नियमित खानपानको समयमा फेरबदल हुनसक्छ ।
प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी गर्न बाध्य
हुनुपर्छ । नचाहँदा नचाहँदै कुनै काममा अलमलिएर
दिन बित्नसक्छ । तपाईंको बोलीको प्रतिकूल
प्रभाव पर्नाले आफन्त टाढिने
सम्भावना देखिन्छ । व्यापारिक
कारोबारमा शिथिलता आउने योग छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै
नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ ।
निर्माण तथा व्यवहारिक क्षेत्रमा मन
आकर्षित हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ
। मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक
कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र
मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।
घरपरिवारमा राम्रो छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र
चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज यात्राको योग छ, तर सवारी साधन
चलाउँदा वा बाटो काट्दा निकै होस
राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ,
खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ ।
काममा बाधा हुनाले र
धनको अभावमा मनमा अशान्ति र
छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र
उमंगको कमी हुनेछ । आजका लागि शुभअङ्क ४ र
शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय
नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन
एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ
लागिरहनु पर्ने देखिन्छ । धार्मिक
तथा आध्यात्मिक
क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला ।
नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने
काममा सफलता प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ गं गणपतये नमः यस
मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
स्वास्थ्यस्थितिमा असर पर्न सक्छ । गर्नैपर्ने
काममा समेत जाँगर चल्ने छैन । पारिवारिक
समस्याले मन पिरोल्ने छ ।
काममा सोचेजस्तो सफलता प्राप्त हुन सक्दैन ।
उन्नतिमा बाधा हुनेछ । पेसा र
बन्दव्यापारमा बेफाइदा हुनसक्छ । शत्रु र
प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दान पुण्यका कार्यतर्फ मन आकर्षित भए
पनि त्यसलाई कार्यान्वयन गर्न सक्नुहुने छैन ।
दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ
वा मन्दिरको भ्रमण हुनसक्छ ।
घरमा पारिवारिक समस्या र
अस्वस्थता देखिन सक्छ । बौद्धिक र प्राज्ञिक
क्षमताको उपयोग हुन सक्दैन ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
घरायसी वातावरण, दाम्पत्य र
प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग
व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने
कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण
काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु
होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष
गर्नुपर्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग
सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय
यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम
गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । घुमघाम,
भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । कतै
मेजमानीको अनुकूलता समेत प्राप्त हुनसक्छ,
दाम्पत्यसम्बन्ध सुखद रहनेछ ।
प्रेमको बन्धनमा बाँधिने बेला छ ।
परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ ।
आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ रां राहवे नमः यस
मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
काममा बाधाअडचन उत्पन्न हुन सक्छ । आर्थिक
समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन,
अध्यापन र लेखनको कार्यमा खासै
तत्परता देखिँदैन । आकस्मिक
रूपमा स्वास्थ्यमा समस्या देखा पर्नेछ ।
शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद
वा न्याय सम्पादनका सिलसिलामा समेत
बेफाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ७ र
शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
0 comments
Write Down Your Responses