जहाँ सबै दाजु–भाइले गर्छन् एउटै महिलासँग विवाह !


  February 01, 2015
 महाभारतमा पाण्डव नै त्यस्ता पाँच भाइ हुन् जसले एउटै महिलालाई आफ्ना श्रीमती बनाए । पौराणीक कथा महाभारतको घटना एक्काइसौँ शताब्दिसम्म आइपुग्दा पनि लागु छ तर निश्चित समुदायमा । एउटा यस्तो समूदाय छ जहाँ परिवारमा चाहे जतिसुकै दाजु–भाइ हुन्, उनीहरुले एउटै महिलालाई आफ्नो श्रीमतीको रुपमा स्विकार्ने गर्दछन् । यति मात्र होइन, महिलाले पनि सबै दाजु–भाइलाई आफ्नै श्रीमानको रुपमा हेर्ने गर्दछिन् ।
सबै दाजुभाइले एउटै महिलालाई श्रीमती बनाउने यो अचम्मको परम्परा भारतको हिमाञ्चल प्रदेशको किन्नौर क्षेत्रको हो । एउटै परिवारको सबै दाजुभाइलाई एक महिलासँग विवाह गराइदिने परम्परालाई यहाँका

स्थानीयहरुले पाण्डवको अज्ञातवाससँग जोड्ने गर्दछन् । उनीहरुको भनाई अनुसार पाण्डवहरुले यहाँ आफ्नो अज्ञातवास काटेका थिए जसका कारण यहाँका मानिसहरुले पाण्डवलाई पछ्याएका हुन् ।
 एउटै घरको छतमुनी बस्ने परिवारको सबै दाजुभाइ एउटै युवतीसँग परम्परा अनुसार विवाह गर्दछन् र विवाहित जीवन बिताउने गर्दछन् । यदि कुनै महिलाको एक श्रीमानको मृत्यु भयो भने ती महिलाले श्रीमानको मृत्युमा दुख मनाउ गर्न पाउने छैनन् । विवाहपछिको यिनीहरुको जीवन एउटा टोपीमा निर्भर हुन्छ । उदाहरणका लागि एउटा परिवारमा चार भाइ छन् र सबैको एउटा महिलासँग विवाह भएको छ भने विवाह पछि यदि कुनै पनि भाइ आफ्नी श्रीमतीसँग कोठामा छन् भने उनले कोठाको ढोकामा आफ्नो टोपी राखिदिने गर्दछन् । दाजु–भाइमा यति धेरै सम्मान हुन्छ कि जबसम्म टोपी कोठाको ढोकामा रहिरहन्छ तबसम्म अर्को भाइ त्यहाँ जाने गर्दैनन् ।

,

0 comments

Write Down Your Responses