"अब गल्ती दोहोर्याउँदिनँ" - नायिका परिणीति चोपडा

बलिउड नायिका परिणीति चोपडाका लागि गएको वर्ष
खासै जमेन, जति उनी अभिनयमा इन्ट्रीका समय
जमेको थियो ।
सन् २०११ मा 'लेडिज भर्सेज रिकी बहल' बाट बलिउड
छिरेकी परिणीतिका त्यसपछि लगालग हिट
फिल्म आए । तर २०१४ मा आएका उनका तीन फिल्म
आए, 'दावत-ए-इश्क', 'हँसी तो फँसी' र 'किल दिल'
। तर, तीनै फिल्म चौपट बने । एउटैले
पनि गतिलो व्यापार नगरेपछि परिणीतिलाई
करिअरमा धक्का नै लाग्यो । अब भने
उनी जस्तो पायो त्यस्तै फिल्म नखेल्ने
सोचमा पुगेकी छन् रे । हुन त पहिले
पनि चुजी मानिएकी परिणीतिका लागि गत
वर्षको छनोट फिल्म चित्त
बुझ्दो रहेन ।


'अब स्त्रिmप्ट पूरा नपढी कुनै पनि फिल्म खेल्नेबारे
मन्जुर हुने छैन,' यति बेला कुनै पनि फिल्ममा आबद्ध
नभइसकेकी उनले भनिन्, 'गत वर्ष फिल्म चयन गर्ने
मामिलामा मबाट ठूलो भूल भयो । अब म
सावधानीपूर्वक मात्रै कुनै पनि फिल्म खेल्नेबारे
मन्जुरी दिनेछु । अब मबाट २०१४
को जस्तो गल्ती हुनेछैन ।'
हुन पनि डेब्यु फिल्म 'लेडिज भर्सेज रिकी बहल' बाट
परिणीतिले वर्ष २०१२ मा डेब्यु
नायिकाको मनोनीत भएका १९ फिल्म
अवार्डमध्ये दुईमा मात्रै हात खाली भएकी थिइन्
। त्यसपछिको 'इशकजादे' बाट पनि उनले
काफी प्रशंसा बटुलेकी थिइन् ।
भव्य अभिनयले छोटो समयमै
आशालाग्दी नायिकाको छाप छाड्न सफल
परिणीतिका लागि २०१४ का फिल्मले ब्याक
फायर गरेपछि उनी चिन्तित हुनु स्वाभाविक नै
हो । बक्सअफिसमा पनि नचल्ने, समीक्षकबाट
पनि आशानुरूप प्रशंसा बटुल्न
नपाएपछि परिणीति आफ्नो कदमको समीक्षा गर्न
बाध्य भएकीहुन् । अब खेल्ने फिल्म कस्तो आउने हो,
त्यो भने हेर्न लायक हुनेछ ।

0 comments

Write Down Your Responses