चुरोटको लतबाट तनावमा हुनुहुन्छ भने केरा खानुहोस्,

चुरोटको लतबाट तनावमा हुनुहुन्छ भने केरा खानुहोस्, थाहा पाउनुस् केराका अरु फाइदा

  2015
केरा खाँदा स्वादिष्ट हुनुका साथै यसको मूल्य अरु फलफूलभन्दा सस्तो छ । धेरैजसो फलफूल वर्षभरि नै पाइँदैन तर केरा एउटा यस्तो फल हो जुन वर्षभरि नै पाइन्छ । केरालाई आफ्नो डाइटमा समावेश गर्दा थुप्रै प्रकारको फाइदा हुने गर्दछ । प्रत्येक दिन एउटा केरा खाँदा तपार्ईंले थुप्रै रोगबाट छुटकारा पाउनुहुनेछ ।

आँखा सुन्निनेः
लगातार कम्प्युटर वा ल्यापटपमा काम गर्दा वा निन्द्रा नपुग्दा तपाईंको आँखा सुन्निने गर्दछ । आँखा सुन्निएको खण्डमा केरालाई सानो पारेर काट्नुहोस् र त्यसलाई आँखाको सुन्निएको भागमा १०–१५ मिनेटसम्म दिनुहोस् । त्यसपछि चिसो पानीले अनुहार धुनुहोस् । यस्तो गर्नाले आँखा सुन्निएको कम हुने गर्दछ ।
तत्काल उर्जाः
केरामा पाइने प्राकृतिक सुगर चाँडै नै उर्जामा परिवर्तन हुने गर्दछ । यसकारण नै स्पोर्टस्म्यान आफ्नो डाइटमा केरालाई समावेश गर्ने गर्दछन् । बच्चाहरुका लागि पनि केराले निकै राम्रो नाश्ता हो । यसले बच्चाहरुलाई दिनभरी उर्जावान् राख्ने गर्दछ ।
चुरोटको तलतलबाट मुक्ति पाउनुहोस्ः
केरामा भिटामिन बि६, बी १२, म्याग्नेसियम र पोटासियम पाइने गरिन्छ जसले निकोटिन एडिक्सनलाई कम गर्ने गर्दछ । यसबाट तपाईंले आफ्नो चुरोटको लतबाट मुक्ति पाउन सक्नुहुन्छ । जतिबेला तपाईंलाई चुरोट खाने मन हुन्छ, केरा खानुहोस् ।
मोटोपनः
केरामा प्रचुर मात्रामा फाइबर पाइने गरिन्छ र यसमा फ्याटको मात्रा पनि निकै कम हुन्छ । त्यसकारण यसले मोटोपन कम गर्न मद्दत गर्दछ । याद राख्नुहोस्, केरालाई दुधसँग खाँदा तौल बढ्ने गर्दछ । त्यसकारण यदि तपाईं निकै पातलो हुनुहुन्छ भने दुधसँग केरा खानुहोस्, तौल बढ्नेछ ।
निन्द्राको कमीः
यदि तपाईंलाई राती निन्द्रा लाग्दैन भने तपाईंलाई केराले सहयोग गर्नेछ । केरामा अमिनो एसिड हुने भएका कारण यसले अनिन्द्राको समस्याबाट पार लगाउनेछ । सुत्नुभन्दा केहि समय अघि केरा खाँदा गहिरो निन्द्रा लाग्छ ।
चम्किलो अनुहारः
केरामा प्रचुर मात्रामा भिटामिन ‘सि’ पाइने गर्दछ, जसले तपाईंको छालालाई चम्किलो बनाउन मद्दत गर्दछ । यसका लागि आधा केरालाई मिच्नुहोस् र त्यसमा एक चम्चा चन्दन पाउडर र आधा चम्चा मह मिसाएर पेष्ट बनाउनुहोस् । यसलाई अनुहारमा लगाएर १५–२० मिनेट पछि धुनुहोस् ।
ब्लड प्रेसरः
केरामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम पाइने गर्दछ जसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्ने गर्दछ । केराले उच्च रक्तचापलाई कन्ट्रोल गर्ने गर्दछ ।

,

0 comments

Write Down Your Responses