प्रेममात्रै गर्ने पार्क


बुधबार, माघ २१,
ताइवानले बढी पर्यटक भित्राउन ‘यौन पार्क’ बनाउने भएको छ । टापुको दक्षिणी भागमा १० हजार वर्गमिटर क्षेत्रमा बनाउन लागिएको सो पार्क दक्षिण कोरियामा निर्मित ‘जेजु लभल्याण्ड पार्क’ जस्तो हुनेछ । जेजुमा १ सय ४० वटा मूर्ति छन् । सबै नाङगा महिला पुरुषका र सम्भोगरत ।


त्याहाँ जाने पर्यटकहरुले ती अश्लिल मूर्तिका सामु बसेर फोटो खिच्न तँछाडमछाड गर्ने गरेको देखेपछि ताइवान सरकारले पनि त्यस्तै खालको पार्क निर्माण गर्ने योजना बनाएको हो ।

ताइवानी सरकार चाहन्छ, बन्ने पार्क युवा जोडिहरुको विवाह गर्ने स्थलको रुपमा विकसित होस् । पार्क निर्माण समितिका उपनिर्देशक शिह चाओ हुइ भन्छन्, ‘हामी चाहन्छौं ताइवानका जनता बढी प्रेमिल बनुन्, पर्यटकले पनि कम्तीमा ताइवानमा रहुञ्जेल प्रेम गरुन् । पार्कभित्र पसेपछि सबैमा प्रेम जागोस ।’
जनआस्था साप्ताहिकबाट

0 comments

Write Down Your Responses