म राजधानी फर्किन्न होला :प्रचण्ड

१९ माघ, काठमाडौं ।

एकीकृत माओवादीले शीर्ष तीन नेता उपत्याका बाहिर जाने निर्णय गरेको छ । पेरिसडाँडामा पत्रकार सम्मेलन गरी शीर्ष नेताको नेतृत्वमा ३ वटा मोर्चा बनाएर नेताहरु राजधानीबाट बाहिरिने निर्णय सार्वजनिक गरेको हो ।

एमा‌ओवादीले मध्य पूर्व र पश्चिम तीन कमाण्डको घोषणा गर्दै मध्य कमाण्डमा प्रचण्ड, पूर्वको कमाण्डमा नारायणकाजी र पश्चिमको बाबुराम भट्टराईले नेतृत्व गर्ने जनाएको छ ।prachanda shocking


भोली तीन वटै कमण्डको बैठक बसेर कार्यक्रम तय गर्ने र नेताहरुले राजधानी छोड्ने जनाएको छ । पत्रकार सम्मेलनमा कांग्रेस एमालेले पेल्न मात्र खोजे वार्ता केवल देखावटी भएको आरोप प्रचण्डले बताए ।

उनले भनेः कांग्रेस एमालेले पेलेर जाने भए हामी राजधानी नफर्किने अवस्था आउन सक्छ । लोकतन्त्र र जनताको अधिकारका लागि हामी सडकमा जान लागेका हौं । विप्लव र वैद्यसँग नारा एउटै बनाएर जान सकिन्छ । कार्यक्रम एउटै हुन सक्दैन ।

एमाओवादीले सूचना डेस्कमा कृष्ण बहादुर महरा, टोपबहादुर र वर्षमान पुनलाई तोकेको छ भने प्रचार प्रसारमा दिनानाथ शर्मा, लिलामणि पोखरेल अग्नि सापकोटा तोकेको छ ।

७५ जिल्लामा आन्दोलनको कार्यक्रम ३० दलीय मोर्चाको कार्यक्रम हुने एमाओवादीले जनाएको छ ।

0 comments

Write Down Your Responses