पुरुषहरुको भन्दा महिलाको त किन थोरै हुन्छ ? के भन्छ नयाँ अनुसन्धान…


 January 31, 2015
एकपटक सोच्नुहोस्, अफिसमा हाकिमले तपाईंलाई
कुनै नयाँ प्रोजेक्ट दिँदा त्यसलाई तपाईंले
तोकिएको समयभित्रै राम्रोसँग पूरा गरेर बुझाउनु
हुन्छ ।

तर जब बोनस बाँड्ने समय आउँछ, तब
तपाईंको हाकिमले तपाईंले गर्नुभएको गल्तीहरु
सम्झने गर्दछन् र तपाईंलाई थोरैमात्र तलब दिने गर्दछन्

यस्तो घटना सुन्दा तपाईंलाई कस्तो अनुभव भयो ?
एक नयाँ अनुसन्धानका अनुसार
यस्तो घटना विशेषतः पुरुषहरुले भन्दा महिलाले
बढि सामना गर्नुपर्छ । यो अनुसन्धानले महिला र
पुरुषहरुबिच हुने तलबको ठूलो खाडललाई
व्याख्या गरेको छ ।
समाजशास्त्रका प्राफेसर किम ए. विडेन र
योङ्जो चाले महिला र पुरुषलाई दिइने तलब
अहिलेसम्म पनि परिवर्तन हुन नसकेको बताएका छन् ।
उनीहरु भन्छन्, ‘महिलाहरु भन्दा पुरुषहरु धेरैबेरसम्म
अफिसमा बस्ने हुँदा उनीहरुले बोनस पनि धेरै पाउने
गर्दछन् ।’
आफ्नो अनुसन्धानलाई प्रमाणित गर्न यी प्रोफेसर
द्वयले सेन्सर जनगणना ब्यूरो र श्रम तथ्याङ्क
ब्यूरो वर्तमान वर्तमान जनसंख्या सर्वेक्षणको विगत
३० वर्षदेखिको परिणामको अनुसन्धान गरेका थिए ।
सन् १९७९ मा महिलाले पुरुषको तलबको ७० प्रतिशत
मात्र तलब पाउने उनीहरुले पत्ता लगाएका थिए ।
यसका साथै सन् १९९१ मा ७५ प्रतिशत र सन् १९९०
देखि २००९ सम्म ७६ प्रतिशत तलब पाउने
गरेको पाइएको छ ।
धेरै काम गर्नेको तथ्याङ्क
पनि त्यहिबेलादेखि उकालो लाग्न
थालेको उनीहरुले निष्कर्ष निकालेका छन् । सन्
१९८० तथ्याङ्क अनुसार १३ प्रतिशत पुरुष र ३ प्रतिशत
महिलाले अफिसमा हप्तामा ५०
घण्टाभन्टा बढि समय बस्न थालेका थिए भने सन्
२००० देखि भने १३ प्रतिशत पुरुष र ७ प्रतिशत
महिला हप्तामा ५०
घण्टाभन्दा बढि अफिसमा बस्न थालेका थिए ।
मानवशास्त्रीहरुको बुझाई अनुसार
अफिसमा स्टाफहरु धेरैबेरसम्म बसोस् भन्ने प्रत्येक
मालिकको इच्छा हुन्छ । यद्यपी,
यसका लागि कम्पनी क्षतीपूर्ती पनि दिन इच्छुक
हुन्छ जसका कारण महिलाहरुभन्दा पुरुषहरु बढि तलब
थाप्ने गर्दछन् ।
यहाँ एउटा प्रश्न उठ्छः पुरुषहरुभन्दा महिलाहरु
अफिसमा धेरैबेरसम्म किन बस्न चाहँदैनन् ?
अनुसन्धानकर्ताहरुको बिचारमा यस्तो हुनुमा समाज
जिम्मेवार छ । उनीहरु भन्छन्, ‘समाजले अझै
पनि महिलाहरुलाई घरको काम गर्न र
छोराछोरी हुर्काउन जिम्मेवार
भएको ब्याख्या गर्दछ । ’

0 comments

Write Down Your Responses