भ्लादिमिर पुटिनकी छोरीको तस्विर सार्वजनिक भएपछि हंगामा




एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चर्चा जति सुकै भएपनि उनको परिवारको विषयमा भने धेरै कुरा बाहिर आएको छैन । उनले परिवारका कुरा सके सम्म सार्वजनिक मिडियाबाट टाढै राख्छन् ।



तर पुटिन विरोध एक ब्लगरले पुटिनकी छोरीको तस्विर सार्वजनिक गरेपछि रुसमा हंगामा भएको छ । अहिले सम्म सार्वजनिकरुपमा नचिनिएकी पुटिनकी छोरीको तस्विर उनका विरोधीले फेसबुकमा सार्वजनिक गरेका हुन् ।

पुतिन विरोधी ब्लगर एलेक्सी नवालनीले सार्वजनिक गरेको पुटिनकी छोरीको तस्विरले यतिबेला हेडलाइन बनाएको छ ।


२८ वर्षीया पुटिनकी छोरी मस्को स्टेट युनिभर्सिटीसँग मिलेर काम गर्ने एक संगठनको प्रमुख भएको बताइएको छ ।

0 comments

Write Down Your Responses