एकाएक ओली लचक बनेपछि…
नेपाल सन्देश डेस्क, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय बल्खुमा मध्यान्ह सुरु हुने बैठकमा आज पनि विपक्षीमोर्चालाई वार्तामा ल्याउन पार्टीको भुमिका र आगामी रणनितिका विषयमा छलफल हुनेछ ।
शनिबारको बैठकमा एमाले अध्यक्ष केपी ओलीले एमाओवादी नेतृत्वको मोर्चालाई पनि सहमतिमा ल्याएर मात्रै संविधान जारी गर्नुपर्ने र त्यसकालागि आफुले पहल थाल्ने बताएपछि एमालेभित्र नयाँ रौनक सुरु भएको छ ।
बैठकले दलहरुबीच पुनः सम्वाद सुरु गर्ने प्रस्ताव अघि सार्दै एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चालाई वार्तामा आउन आग्ह गरेको थियो ।
एमालेले माघ ५ गते पार्टी अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलबाटै फेरि सम्वाद सुरु गर्न सकिने एमालेको निष्कर्ष थियो ।
आजको बैठकले केपी ओलीको संयोजकत्वमा विपक्षी मोर्चालाई वार्तामा ल्याउने पहल थाल्ने निर्णय गर्ने सचिव योगेश भट्टराईले नेपाल सन्देशलाई बताए ।
एकाएक एमाले नेतृत्व नरम भएपछि स्थायी समितिले पनि सोहै अनुसारको निर्णय गर्ने छ ।
.jpg)

0 comments
Write Down Your Responses