भक्तपुरको कपास उद्योगमा भिषण आगलागी, दमकल कर्मचारीको मृत्यु (फोटोफिचर)
भक्तपुर, माघ २५ । भक्तपुरको बालकोटस्थित कालिञ्चोक कपास उद्योगमा हिजो साँझ लागेको आगो
निभाउन जादै गरेको दमकल काठमाडौंको तीनकुनेमा दुर्घटना हुँदा खानेपानीका कर्मचारी रञ्जित श्रेष्ठको
मृत्यु भएको छ ।
अन्य ४ जना दमकलका कर्मचारी घाइते भएका छन् । विद्युत सर्ट हुँदा अनन्तलिंगेश्वर नगरपालिका वडा
नम्बर ९ स्थित जितबहादुर खड्काको तीन रोपनी क्षेत्रफलमा फैलिएको कपास उद्योगमा आगो लागेको थियो ।
आगो निभाउन ६ वटा दमकल र कैयौं सुरक्षाकर्मी खटिएका थिए । आगो आज बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses