सावधान ! फेसबुकमा फैलियो ‘पोर्न भाइरस’


२०७१ माघ १९
कतै तपाइँको फेसबुक वालमा कुनै पोर्न भिडियोको लिंक सहित सो भिडियो हेर्न फ्लास प्लेयर डाउनलोड गर्नुस् भन्ने सामाग्री पोष्ट भएको त छैन ?
यदि छ भने होसियार हुनुहोस् र भने बमोजिम उक्त लिंकमा क्लिक गरेर कुनै चिज डाउनलोड गर्नेतर्फ नलाग्नुहोस् । यदि गर्नुभयो भने तपाइँको कम्प्युटरमा भाइरस आक्रमण हुनेछ ।
हो, फेसबुकमा अहिले ‘पोर्न भाइरस’को आतंक चलेको छ । पोर्न भिडियोको लिंक दिई फेसबुक प्रयोगकर्ताको अकाउण्टमा भाइरस आक्रमण हुँदा दुई दिनको अवधिमै १ लाख दश हजार भन्दा बढि फेसबुक प्रयोगकर्ता प्रभावित भएका छन् ।

ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको वालमा एडल्ट भिडियोको लिंक पोष्ट गरिदिएका छन् । सो भिडियोलाई हेर्नका लागि फ्ल्यास प्लेयरको पछिल्लो अपडेट डाउनलोड गर्न आग्रह हुन्छ । तर, जब उक्त लिंकमा क्लिक गरिन्छ चलाइरहेको कम्प्युटरमा ‘ट्रोजन’ भाइरसले आक्रमण गर्छ । यो भाइरसले कम्प्युटरका महत्वपूर्ण डाटाहरुलाई नष्ट गरिदिन्छ ।
फेसबुकमा यसअघि पनि विभिन्न खाले अनलाइन सुरक्षा खतरा पैदा हुने गरेका भएपनि पछिल्लोपटकको पोर्न भाइरस आक्रमण सबैभन्दा खतरनाक भएको डेलीस्टारले लेखेको छ ।

फेसबुक प्रयोगकर्ताको वालमा पोर्न साइटका लिंक पोष्ट हुने र एउटा अकाउण्टमा भाइरसले आक्रमण गरेपछि सो फेसबुक प्रयोगकर्ताको अकाउण्टबाट अन्य २० जनासम्मलाई सोही लिंक ट्याग हुने भएकाले समेत यो सबैभन्दा बढि खतरनाक भएको बताइएको छ । प्रयोगकर्ताका वालमा पोर्न भिडियोका लिंक पठाएर भाइरस आक्रमण गर्ने यो काइदाका कारण धेरै प्रयोगकर्ता छिटै फस्न पुगेका विज्ञहरुले बताएका छन् ।
सेक्युरिटी वेबसाइट थ्रेट पोष्टका अनुसार फेसबुकले प्रयोगकर्तामाथि भएको यस्तो आक्रमणप्रति सचेत बनेको जनाएको छ ।
विभिन्न स्वचालित पद्धतिको प्रयोग गरि हानिकारक बन्नसक्ने लिंकहरुको पहिचान गरि त्यस्ता लिंकहरुलाई फैलिनबाट रोक्ने काम भैरहेको फेसबुकको भनाइ छ ।

,

0 comments

Write Down Your Responses