वीर्य स्खलनपछि यसरी बन्छ महिलाको पेटमा बच्चा (थ्रीडि भिडियोहित)

पाठेघरमा बच्चा बस्न वा गर्भ रहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ ।
यौनसम्पर्कका बेला पुरुषको वीर्य स्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन् ।   त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। 
यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ । यी कुराहरुलाई तपाईं यहाँ दिइएको थ्रीडि भिडियोमा पनि हेर्न सक्नुहुन्छ

0 comments

Write Down Your Responses