ठुलो लिंगले भन्दा सानो लिंगले धेरै यौन सन्तुष्टी दिन्छ.. तर एउटा यस्तो तरिका छ.. जानी राखौ..

तपाईंले किन लिंग मोटो र बलियो पार्न चाहनु भएको हो, थाहा भएन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला ।

 यो कुरा भने पक्कै हो कि कुनै पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका साथै आत्मविश्वासको आवश्यकता पर्छ । त्यसैगरी यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने कुरा बुझ्नु आवश्यक छ ।

जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख दिन प्रदान गर्ने क्षमताको प्रश्न छ, त्यो पनि मजाले सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो । महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ । यो भगांकुर बाहिरतिरै हुन्छ ।

 फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन् ।

हुनसक्छ, कतिपय महिलालाई ठूलो आकारको लिंगप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाउनेचाहिँ होइन । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरूका साथै अग्रभागमा रहेको mons veneris (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवेदनशील हुन्छन् । यी अङ्गका घर्षण वा मर्दन पनि यौनसम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ ।

0 comments

Write Down Your Responses