जेलबाट छुटेलगत्तै फेरि ‘भिलेन’ बन्नेछन् सञ्जय दत्त !



 February 01, 2015 
काठमाडौं, माघ १८ – बलिउडका सञ्जु बाबा भनिने सञ्जय दत्त अहिले आफ्नो जेल सजायँ भोगिरहेका छन् तर यदि सबै कुराहरु ठिक भएको खण्डमा उनी यो वर्ष जुलाई–अगस्टसम्म येरवाडा जेलबाट बाहिर निस्कने छाँटकाँट देखिएको छ । जेलबाट फर्केलगत्तै सञ्जय दत्त फेरि एकपटक ‘भिलेन’ बन्नेछन् ।
 
वास्तवमा करन मलहोत्राको फिल्म ‘शुद्धि’ मा भिलेनको भूमिकाका लागि सञ्जय दत्तलाई कास्ट गरिने खबरले बलिउड बजार तातेको छ । यो फिल्मको हिरो हुनेछन् – सलमान खान । तर अहिलेसम्म हिरोइनको नाम तय भने भइनसकेको स्रोतले बताएको छ ।
 
नयाँ वर्ष र क्रिसमसको मौका छोपी केहि दिनको लागि जेलबाट बाहिर निस्केका उनले ‘अग्निपथ’ का निर्देशक करन मलहोत्रासँग भेटेका थिए । आफ्नो पछिल्लो फिल्ममा सञ्जयले ‘काँचा चीना’ जस्तो निकै सशक्त भुमिका निभाएका थिए । अब यदि कुरा मिलेको छ भने चाँडै नतै सञ्जय दत्त सलमान खानसँगै एउटै पर्दामा देखा पर्नेछन् ।

,

0 comments

Write Down Your Responses