आज माघ १९, एक दशक अघिको त्यो कालो दिनको स्मरण गरिँदै
मिडिया एनपी, काठमाडौं । प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा आजको दिनलाई स्मरण गरिदैछ । २०६१ साल माघ १९ गते आजकै दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले राज्यका सबै शक्ति आफू केन्द्रित गरेर नागरिकको अधिकार कुण्ठित पारेको दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता च्युत गरेर राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार आफू केन्द्रित गरेपनि शाहको विरुद्धमा झन धेरै समर्थन जुटेको थियो । सञ्चार सेवा बन्द गरेर, दलका नेताहरुलाई नजरबन्दमा राखेर, धर्ना जुलुस जस्ता कार्यक्रममा पनि प्रतिवन्ध लगाइएको थियो ।
0 comments
Write Down Your Responses