प्रचण्डले भने 'सेना बुझाउनु भयंकर गल्ती'
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसवर्षे सशस्त्र युद्धमा निमार्ण गरेका सेना, जनअदालत र मोर्चा सबै बुझाएर निर्वाचनमा जानु आफ्नो तर्फबाट भयंकर गल्ती भएको बताएका छन् । राजधानी दैनिकमा समाचार छ ।
स्थायी शान्ति, समृद्धि र विकासका लासग आफूले कांग्रेस, एमालेसँग उदारता देखाएर निर्वाचनमा गएपनि उनीहरुले भने माओवादीलाई सिध्याउने षडयन्त्र मात्र गरेको अनुभव गरेको समेत उनले बताए ।
पार्टीको लडाकू दस्ता वाईसीएलको केन्द्रीय समिति बैठकलाई पेरीसडाँडामा सम्बोधन गर्दै दाहालले अब आफैँ सर्घषको मोर्चामा कमान्ड सम्हालेर दसवर्षे युद्धका उपलब्धि रक्षा गर्ने बताए ।
0 comments
Write Down Your Responses