feature
»
गर्लफ्रेण्डबाहेक सबैसँग डर लाग्छ- सुबोध गौतम
गर्लफ्रेण्डबाहेक सबैसँग डर लाग्छ- सुबोध गौतम
‘हासिहेर आज’ नामक साहित्यीक कृतीका लेखक सुबोध गौतम करिव एक दशकयता कलाकारिता क्षेत्रमा सक्रिय छन् । राजनीतिक पृष्ठभूमि सहित हजारौं मञ्चमा प्रस्तुत भैसकेका गौतमका हास्यब्यङ्ग्यप्रधान भिडियोहरु यू टियूब लगायत सामाजीक संञ्जालहरुमा पनि लोकपृय छन् । कान्तिपूर टेलिभिजनबाट
प्रसारित हुने हास्य टेलिश्रृङ्खला हर्के हवल्दार र डिठ्ठा सावमा देखिदै आएका उनले बिभिन्न डकुमेन्ट्रीहरुमा पनि आफ्नो कला प्रदर्शन गरिसकेका छन् । अहिले पत्रकारिता बिषयमा स्नातोकोत्तर गर्दै गरेका उनी आगामी योजनाका चाङ् भएको बताउँछन् । आगामी फाल्गुन १३ गतेदेखि अष्ट्रेलियामा हुन गैरहेको एक साँस्कृतिक कार्यक्रममा सहभागि हुने तयारीमा रहेका सुबोधसँग अनलाईन चौंतारीले गरेको कुराकानीको संम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं । तपाई आफूलाई के भन्न रुचाउनुहुन्छ ? पत्रकार, कलाकार की साहित्यकार ? हाँस्य कलाकार, के रोज्नुहुन्छ ? साहित्य वा राजनीति ? राजनीति त्यसो भए किन साहित्यीक रचना गर्नुहुन्छ ? समय बिताउन, ख्यालख्याल जस्तो लागेर वा मन थाम्न नसकेर ? मन थाम्न नसकेर । तपाईको बिचारमा जीवन के हो ? आँसु, हाँसो, दुबै वा कुनैपनि होईन ? आँसु र हाँसोको खेती गर्ने जग्गा । गल्ती दोहो¥याएर गाली खानुभयो भने के गर्नुहुन्छ ? झगडा गर्न कम्मर कस्छु, चुप लागेर बस्छु ? चुप लागेर बस्छु । झुटो आरोप लागेमा ? रिसाउछु, बिन्ती बिसाउछु, हाँस्छु ? हाँस्छु । कस्तो बेलामा रुनुहुन्छ ? रुन्न, रुदै रुन्न, अरुलाई हसाँउन नसक्दा, बदला लिन नसकेर ? बदला लिन नसकेर । आफ्नो शत्रु के हो जस्तो लाग्छ ? असिमित धन, कुहिएको मन, दुस्मन वा रीस रीस जीवनको सर्वोत्कृष्ट खुसि के ठान्नुहुन्छ ? जवानीको जोस, जे सुकै होस् वा अन्य ? एउटा घर होस्, जहाँ माया दिने आमा, बुवा र माया चाहने छोराछोरी सँगै बस्न पाईयोस् । को सँग डर लाग्छ ? परीवार, श्रीमती र छोरीसँग, समाजसँग, नयाँ ठाउँ र परिबेशसँग, गर्लफ्रेण्ड सँग ? गर्लफ्रेण्ड बाहेक अरु सबैसँग । आफ्नो पेशामा कत्तिको सन्तुष्टी छ ? एकदम असन्तुष्टी छ या पूर्ण सन्तुष्टी छ ? दुबै छैन । किनकी सन्तुष्टी र असन्तुष्टी भन्ने कुरा हरेक समय अनुसार बदलीनै रहन्छन् । खाने कुराको सन्तुलन ? मासु र ढीडो, वा दाल भात र अचार ? भोकको मात्रा हेरी मेरो बिचार, खान मिल्ने जति सबै मेरो परिकार । कस्को जीवन शैली मन पर्छ ? बाराक ओबामा, प्रचण्ड ? रित्तो किन नहोस् थैली तर मन पर्छ आफ्नै जीवन शैली । देशको बारेमा केहि भन्नु छ ? भन्दिन, भनिसाध्य छैन, वा अरु केही ? सन्सारको सुन्दर देश नेपाल मात्रै हो । नेपाली यूवाहरुले के भूल्नु हुँदैन ? प्रकृति, आफ्नो प्रबृती, गाउँको आकृती ? इतिहास, भूगोल , भाषा र संस्कृती अन्त्यमा के भन्नुहुन्छ ? अनलाईन चौतारीको प्रगतीको कामना गर्दछु । मेरो भलो चाहनेहरुको जय होस् !
0 comments
Write Down Your Responses