वैज्ञानिकहरुले पत्ता लगाए मानिसकोे ढाडमा ‘मस्तिष्क’
२०७१ माघ २० गते
अमेरिकी शोधकर्ताहरुले मानिसको ढाडमा समेत एउटा सानो मस्तिष्क हुने तथ्य पत्ता लगाएका छन् । ढाडको हड्डीभित्र हुने उक्त मस्तिष्कले मानिसलाई भिडको बीचमा हिँड्दा वा चिप्लो हिउँ जमेको सतहमा हिँड्दा जिउलाई सन्तुलनमा राख्न र चिप्लन वा लड्नबाट बचाउने शोधकर्ताहरुको भनाइ छ ।
शोधकर्ताहरुका अनुसार यस्तो प्रकारको काम अचेतन अवस्थामा हुन्छ । हाम्रो ढाडको हड्डीसँगै हुने स्नायु कोषिकाहरुले संवेदनशील सूचनाहरुलाई एकत्रित गरी मांशपेशीहरुलाई आवश्यक मात्रामा समायोजन गर्न मद्दत गर्दछन् ।
शोधकर्ता गोल्डिंगले यस अध्ययनबाट मानिसको सरीरमा हुने ‘ब्लाक बक्स’ मा विषयमा जानकारी मिलेको छ । ढाडको हड्डीमा कसरी स्नायु संकेतहरु ‘इनकोड’ तथा संचालित हुन्छन् भन्ने कुरा पहिलोपटक पत्ता लागेको उनको भनाइ छ ।
शोधकर्ताका अनुसार प्रत्येक मिलिसेकेण्डमा सूचनाहरु मस्तिष्कमा प्रवाहित भैरहन्छन् ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी शोधकर्ताले स्नायु फाइबर पत्ता लगाए जसले खुट्टामा रहेका संवेदक कोषिकाको मद्दतले ढाडको हड्डीसम्म संकेत प्रवाहित गर्ने काम गर्छन् ।
उनका अनुसार यी स्नायु फाइबर आरओआरआइ न्यूरोन नामको स्नायुको अन्य समूहको साथमा ढाडको हड्डीमा रहन्छ । आर ओ आर आइ न्युरोन मस्तिष्कको मोटर क्षेत्रमा भएको न्युरोनसँग जोडिएको हुन्छ, जसले मस्तिष्क र खुट्टाको बीचमा सूचना र संकेत प्रवाहित गर्दछ ।
अर्का शोधकर्ता स्टिभ ब्यारेनका अनुसार उक्त न्युरोनले सबै सूचनाहरुलाई एकत्रित गरेर खुट्टाको चाल चल्नलाई निर्देश गर्दछ ।
0 comments
Write Down Your Responses